समाज

निर्वाचन लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन

निर्वाचन लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने समस्याको तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ।आयोग परिसरमा स्थापना गरिएको उक्त केन्द्रबाट निर्वाचनसँग सम्बन्धित सबै प्रकारका समस्या तत्काल समाधान गरिने आयोगले जनाएको छ। आयोगले उक्त केन्द्र आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।आयोग परिसरमै स्थापना गरिएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभएको हो। शुभारम्भ कार्यक्रममा भण्डारीले कुनै निर्वाचन क्षेत्रमा समस्या देखिएमा केन्द्रले तत्काल समाधानका लागि काम गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार मतदान केन्द्रमै समाधान हुन नसक्ने समस्या संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत समाधान गरिनेछ। ...
राष्ट्रिय सभा निर्वाचनबाट चुनिए १८ जना

राष्ट्रिय सभा निर्वाचनबाट चुनिए १८ जना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय सभा निर्वाचनबाट १८ जना राष्ट्रिय सभा सदस्य चुनिएका छन्। निर्वाचनबाट कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन्। कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो।त्यसअनुसार १८ पदमा निर्वाचन हुनेमा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो, एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएको थियो। आज भएको निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। बाँकी १८ पदका लागि आज चुनाव भएको थियो। कहाँ को भए निर्वाचित ? कोशी प्रदेश १. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस २. रोशनी मेचे, नेकपा एमाले ३...
अटेरी ऋणीमाथि सरकार कडा, महालेखाले तीन पुस्तेसहित नाम सार्वजनिक

अटेरी ऋणीमाथि सरकार कडा, महालेखाले तीन पुस्तेसहित नाम सार्वजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ । पटक–पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल–अचल सम्पत्ति नै रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया अघि बढाएको हो ।बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी भएका व्यक्तिहरूको तीनपुस्ते विवरण नै सार्वजनिक गरेको छ । यसअघि पनि वेबसाइटमार्फत नाम सार्वजनिक गरिएको र उपस्थित हुन आग्रह गरिएको भए तापनि ऋणीहरूले बेवास्ता गरेपछि कार्यालय कडा रूपमा प्रस्तुत भएको हो ।सूचनामा उल्लेख भएअनुसार अबको ३५ दिनभित्र सम्पर्कमा नआए र आफूले तिर्नुपर्ने साँवा तथा नियमानुसारको ब्याज नबुझाएमा प्रचलित कानुनबमोजिम सम्पत्ति दाबी गरिनेछ । यसरी सरकारी बाँकी असुल गर्दा सम्बन्धित व्यक्तिको आर्थिक वा सामाजिक प्रतिष्ठामा पु...
आज राष्ट्रियसभामा १८ सदस्य पदका लागि निर्वाचन

आज राष्ट्रियसभामा १८ सदस्य पदका लागि निर्वाचन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने भएको छ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।१८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताए । कोशी प्रदेशका खस आर्यतर्पmका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।त्य...
गुगल सर्च पर्सनलाइज हुने, निजी कुराको पनि दिने छ जवाफ

गुगल सर्च पर्सनलाइज हुने, निजी कुराको पनि दिने छ जवाफ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँयदि तपाईंले गुगललाई यात्राको सुझाव माग्नुभयो र तपाईंको विगतको बिदाको प्राथमिकताहरूको आधारमा यसले जवाफ दियो भने तपाईंलाई कस्तो लाग्छ ? गुगलको नयाँ व्यक्तिगत बुद्धिमत्ता उपकरणले अब त्यस्तै गर्ने भएको छ । गुगलले आफ्नो खोज इन्जिनलाई अझ स्मार्ट बनाउन निरन्तर काम गरिरहेको छ । यस प्रयासमा, कम्पनीले आफ्नो एआई मोडको लागि नयाँ ढोका खोलेको छ, जुन तपाईंको जीमेल र गुगल फोटोहरूमा सिधै जडान हुनेछ ।यसको अर्थ तपाईंले खोजी गर्दा, गुगलको एआईले इन्टरनेटबाट जानकारी मात्र तान्ने छैन, तर तपाईंलाई कुन लुगा मन पर्छ वा कुन रेस्टुरेन्टहरूमा जान मन पर्छ भनेर पनि देख्नेछ। यो सबै तपाईंको विगतका फोटोहरू र इमेलहरू मार्फत सम्भव हुनेछ ।यो नयाँ विकल्प रोल आउट गर्न सुरु भएको छ । सुरुमा, यो अमेरिकामा गुगल एआई प्रो र अल्ट्रा सदस्यहरूका लागि उपलब्ध हुनेछ । थप रूपमा, व्यक्तिगत गुगल खाता भएका प्रयोगकर्ताहरूले गुगलको ...
कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकताको आयोजनामा सूचीकृत

कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकताको आयोजनामा सूचीकृत

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो । वर्तमान सरकारले असोजको अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषद् बैठकले गुरुयोजनाअनुसार आवश्यक जग्गा प्राप्त गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् सहित सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजनाअनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको छ । यसपछि रंगशालाको क्षमता अभिवृद्धि भएर अत्याधुनिक बनाउने लक्ष्य राखिएको छ । ...
ढिलो गरी सुरु भयो हिउँदे वर्षा, सुदूर पहाडमा वर्षासँगै हिमपात

ढिलो गरी सुरु भयो हिउँदे वर्षा, सुदूर पहाडमा वर्षासँगै हिमपात

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौं ढिलो गरी यो वर्षको हिउँदे वर्षा भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात पनि भएको हो । वर्षा र हिमपातका कारण बझाङमा शुक्रबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ । चार महिना लामो खडेरीले हिउँदे बाली सुक्न लागेका बेला भएको वर्षाले किसानलाई भने राहत भएको छ ।लामो खडेरीको चपेटामा परेका किसान हिउँदे वर्षा र हिमपातले हिउँदे बाली सप्रिने आशामा हर्षित भएका हुन् । ‘धेरैजसो बाली त खडेरीले सुकिसक्यो,' दुर्गाथलीको चुवावनका दीपक जाग्रीले भने, ‘माटो खरानी जस्तै भइसकेको थियो । हिउँ पर्दा केही ओसिलो भएको छ । थोरै भए पनि राहत भएको छ ।' उनले सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने चुवावन जस्तै उच्च पहाडी तथा हिमाली गाउँमा लगाएको गहुँ, जौं, केराउ, मुसुरोजस्ता हिउँदेबाली लामो खडेरीका कारण धेरैजसो सुकिसकेको बताए ।बझाङका स...
आज श्रीपञ्चमी पर्व : सरस्वती पूजा र अक्षराम्भको विशेष दिन

आज श्रीपञ्चमी पर्व : सरस्वती पूजा र अक्षराम्भको विशेष दिन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँविद्याकी देवी सरस्वतीको पूजा–अर्चना गर्दै आज श्रीपञ्चमी पर्व देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई बसन्त पञ्चमीका नामले पनि चिनिन्छ।बसन्त पञ्चमीका दिन विणा र पुस्तक धारण गरेकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ। सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र बसन्त ऋतुको आगमन हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी भनिएको हो।बसन्त पञ्चमीका दिन विणा र पुस्तक धारण गरेकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ। सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र बसन्त ऋतुको आगमन हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी भनिएको हो।श्रीपञ्चमीका दिन बालबालिकालाई अक्षर चिनाउने ‘अक्षराम्भ’ गराउने चलन रहिआएको छ। साथै केटाकेटीको नाक–कान छेड्नका लागि पनि यो दिनलाई शुभ मानिन्छ।यस अवसरमा साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार तथा शिक्षकहरूले आफ्ना कला र साध...
नेपाल–भारतबीच समझदारी ,निकासी गर्ने वस्तु आउनुअघि सूचना अनिवार्य

नेपाल–भारतबीच समझदारी ,निकासी गर्ने वस्तु आउनुअघि सूचना अनिवार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअब नेपाल र भारतबीच निकासीगरिने वस्तु आइपुग्नुअगावै दुई देशले एकअर्कामा सूचना आदानप्रदान गर्नुपर्ने भएको छ । भारतको नयाँदिल्लीमा बुधबार नेपाल र भारतबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसलाई ‘नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नुअगावै सूचना आदानप्रदान गर्नेसम्बन्धी समझदारी’ नाम दिइएको छ । नेपाल र भारतबीच यस्तो सम्झौता पहिलो पटक भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) का अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरे । समझदारीपत्रको शीघ्र कार्यान्वयनका लागि सीबीआईसीका अध्यक्ष विवेक चतुर्वेदीले प्रतिबद्धता व्यक्त गरे । समझदारीपत्र आदानप्रदान कार्यक्रममा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशकसहित चार जना र भारतका तर्फबाट सीबीआईसीका अध्यक्ष ...
इजाजतप्राप्त हतियारको एकीकृत विवरण पेश गर्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र

इजाजतप्राप्त हतियारको एकीकृत विवरण पेश गर्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँइजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ ।२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको लगत संकलन गरी पेश गर्न निर्देशन दिएको हो । २४ भदौमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सिंहदरबारस्थित प्रमुख प्रशासनिक भवन (प्रधानमन्त्री कार्यालय)सहित गृह मन्त्रालय पनि जलेको थियो । सो घटनामा गृह मन्त्रालयका महत्वपूर्ण दस्तावेजहरू जलेका थिए । त्यसक्रममा हातहतियार तथा गोलीगठ्ठासम्बन्धी अभिलेखसमेत नष्ट भएका थिए । गृह मन्त्रालयका एक अधिकारीका अनुसार विगतमा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका हतियारको संख्या करिब ३५ हजार हाराहारीमा छ । ती अभिलेखको केन्द्रीकृत विवरण...