मतपेटिका गणनास्थलसम्म पुर्याउने जिम्मा नेपाली सेनालाई
काठमाडौँयसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् ।
२१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीलाई देशभर परिचालन गरिएको छ । सेनाका अनुसार करिब ८० हजार सैनिक निर्वाचन सुरक्षामा परिचालन भइसकेका छन् ।
गृहका अनुसार नेपाल प्रहरीबाट करिब ७१ हजार सुरक्षाकर्मी निर्वाचनमा खटिएका छन् । मतदानस्थलको भित्री सुरक्षा व्यवस्थापन ...








