आज २०औँ लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको सम्झना गरि मनाईदै


काठमाडौँ
आज २०औ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृंखलानै चल्यो ।

तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।

विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

छुटाउनुभयो कि ?

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्...
विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम...
जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

रुपन्देहीरुपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली ...
मनसुनी प्रणाली देशका थप भागमा विस्तार

मनसुनी प्रणाली देशका थप भागमा विस्तार

काठमाडौंयस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम...