समाज

विदेशमा रहेका नेपालीको मताधिकारबारे निर्वाचन आयोगले शुरु गर्यो अध्ययन

विदेशमा रहेका नेपालीको मताधिकारबारे निर्वाचन आयोगले शुरु गर्यो अध्ययन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । आयोगले २०६७ र २०७३ सालमा पनि यसबारे अध्ययन गरेको थियो । तर त्यसपछि कुनै प्रक्रिया अघि बढाइएको थिएन । अहिले फेरि आयोगले दुई आयुक्तको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाएर अध्ययन सुरु गरेको हो । प्रमुख आयुक्त मानबहादुर कार्कीले नियुक्ति प्रक्रियामा भएको संसदीय सुनुवाइमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । कार्कीको नियुक्ति भएको एक महिना नबित्दै यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा समिति बनाइएको छ । त्यस्तै, सूचना प्रविधिका सन्दर्भमा अध्ययन गर्न अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वमा समिति गठन गरिएको छ । कार्की, वाग्ले र सुब्बा एकै दिन गत १४ साउनमा नियुक्त भएका हुन् ।गृहमन्त्री सु...
बाँदर धपाउने क्रममा लडेर गुल्मीमा महिलाको मृत्यु

बाँदर धपाउने क्रममा लडेर गुल्मीमा महिलाको मृत्यु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मीबाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो। स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट बाँदर धपाउने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेकी पाण्डे गम्भीर घाइते भएकी थिइन्। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते पाण्डेको तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्‍याएको थियो। गुल्मी अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। ...
सरकारले अपनाएको प्रक्रियामाथि उठायो सर्बोच्चले प्रश्न, निगम अध्यक्ष श्रेष्ठको नियुक्ति गर्यो खारेज

सरकारले अपनाएको प्रक्रियामाथि उठायो सर्बोच्चले प्रश्न, निगम अध्यक्ष श्रेष्ठको नियुक्ति गर्यो खारेज

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल वायुसेवा निगमको कार्यकारी नेतृत्व चयनमा सरकारले अपनाएको प्रक्रियामाथि सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको छ। योग्यताक्रम, उमेर सीमा र प्रचलित कानुनी मापदण्ड पालना नगरी गरिएको नियुक्ति स्वीकार्य नहुने ठहर गर्दै अदालतले कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको हो।न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले बिहीबार सरकारको निर्णय खारेज गर्दै निगमको कार्यकारी अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया सुरु गर्न आदेश दिएको छ। यो फैसलालाई सार्वजनिक संस्थानका उच्च पदमा हुने राजनीतिक वा प्रशासनिक नियुक्तिमा सरकारको स्वविवेकको सीमा निर्धारण गर्ने महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। अदालतले योग्यताक्रममा अगाडि रहेका उम्मेदवारलाई स्पष्ट र वस्तुनिष्ठ कारणबिना पन्छाएर अर्को व्यक्तिलाई नियुक्त गर्न नमिल्ने सन्देश दिएको छ। निगमको कार्यकारी अ...
पछिल्लो चार महिनामा ३ सचिव र ७० सहसचिवसहित ३ सय ७६ कर्मचारीले दिए राजीनामा

पछिल्लो चार महिनामा ३ सचिव र ७० सहसचिवसहित ३ सय ७६ कर्मचारीले दिए राजीनामा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंपछिल्लो चार महिनाको अवधिमा ठूलो संख्यामा निजामती कर्मचारीहरूले सेवाबाट राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत वैशाखदेखि साउन मसान्तसम्मको अवधिमा ३७६ जना कर्मचारीले पदबाट राजीनामा दिएका हुन् ।राजीनामा दिनेहरूमा नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका उच्चपदस्थ अधिकारीहरूको संख्या उल्लेख्य छ । किताबखानाका निर्देशक एवं सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले दिएको जानकारी अनुसार, यो अवधिमा विशिष्ट श्रेणीका ३ जना सचिव, प्रथम श्रेणीका ७० जना सहसचिव र द्वितीय श्रेणीका ६५ जना उपसचिवले राजीनामा बुझाएका छन् । राजीनामा दिने सचिवहरूमा गोविन्द शर्मा र डा. कमलप्रसाद पोखरेललगायत रहेका छन् । त्यसैगरी, राजीनामा दिने ७० सहसचिवहरूमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत सहसचिव लेखनाथ ज्ञवाली, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान...
बुटवलमा जुवा खेलिरहेका ९ जना पक्राउ, १ लाख ३२ हजार नगद बरामद

बुटवलमा जुवा खेलिरहेका ९ जना पक्राउ, १ लाख ३२ हजार नगद बरामद

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवल प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १ लाख ३२ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा घर भाडामा लिएर जुवा सञ्चालन गर्दै आएका दम्पतीसहित ९ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ५३ वर्षीया शिवानी शाही र उनका श्रीमान् देवकुमार शाही रहेका छन्। उनीहरूले जापानमा बस्ने एक व्यक्तिको घर पूरै भाडामा लिएर जुवा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।गोलपार्कमा भाडाको घरमा जुवा सञ्चालन भइरहेको सूचना पाएपछि बिहीबार प्रहरीले छापा मारेको थियो। सो क्रममा जुवा खेलिरहेका अन्य व्यक्तिसहित शाही दम्पतीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका अन्य व्यक्तिहरू बुटवल र पाल्पाका विभिन्न स्थानका जुवाडे हुन्। प्रहरीले उनीहरू...
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज अपराह्न १: १५ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'नेपाल न्याय विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ माथि बिचार गरियोस्' भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ । ...
आतंकवाद पीडितको अधिकार र संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आतंकवाद पीडितको अधिकार र संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवस मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंआतंकवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आतंकवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको हो ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतंकवादका पीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड दिइएको छ ।संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतंकवाद विरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतंकवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथा...
अनलाइनबाट स्वास्थ्य बीमामा आवद्ध हुने र नवीकरण गर्ने तरिका

अनलाइनबाट स्वास्थ्य बीमामा आवद्ध हुने र नवीकरण गर्ने तरिका

ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाण्डौ— अब स्वास्थ्य बीमासम्बन्धी अत्यावश्यक कामहरू घरबाटै गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याएको नयाँ (https://eportal.hib.gov.np/register) मार्फत स्वास्थ्य बीमासम्बन्धी धेरै काम अब अनलाइनबाटै गर्न सकिने भएको हो । यसबाट बीमा शुल्क तिर्न, केवाईसी विवरण अपडेट गर्न, बीमालेख हेर्न तथा डिजिटल स्वास्थ्य बीमा कार्ड डाउनलोड गर्न सकिन्छ । तपाईं पहिले नै स्वास्थ्य बीमामा आबद्ध हुनुहुन्छ भने सबैभन्दा पहिले स्वास्थ्य बीमा बोर्डको एचआईबी ई–पोर्टल (www.eportal.hib.gov.np) खोल्नुहोस् । त्यसपछि त्यहाँ ‘पहिले नै खाता छ ?’ भन्ने प्रश्न चिह्नसहितको निलो अक्षरमा एक छोटो जानकारी देख्नुहुनेछ । त्यसपछि तपाईंले त्यसको ठीक तलपट्टि तीर चिन्हसहितको ‘साइन इन’ भन्ने विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ । अब त्यहाँ ‘पुरानो एचआईबी विवरण ल्याउनुहोस्’ भन्ने विकल्पमा गएर क्लिक गर्न...
बुटवलको मिलन पथ सडक विस्तारमा स्थानीयको अवरोध

बुटवलको मिलन पथ सडक विस्तारमा स्थानीयको अवरोध

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको मिलनचोकदेखि पूर्वतर्फको मिलन पथ सडक विस्तारको काम केही स्थानीयको अवरोधका कारण रोकिएको छ । सडक सीमाभित्र बनेका घरधनीले संरचना हटाउन नमानेपछि लामो समयदेखि सडक विस्तारको काम अलपत्र परेको हो ।बुधबार सडक सीमाभित्र अतिक्रमण भएको क्षेत्र छुट्याएर पुनः नापजाँच तथा रेखांकन गर्न पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका छन् । सडक विस्तारका लागि पटक–पटक प्रयास भए पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न नसकेको बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले बताए ।उनका अनुसार मिलनचोकदेखि सुन्दरचोकसम्म करिब १८० मिटर सडक यसअघि नै विस्तार भइसकेको छ । बाँकी करिब १५० मिटर सडक भने स्थानीयको अवरोधका कारण निर्माण हुन सकेको छैन ।मिलन पथमा २०५६ सालमै ४१ फिट सडक कायम गरिएको भए पनि सडक क्षेत्रमा बनेका संरचना नहटाउँदा सडक विस्तारमा समस्या भएको वडाध्यक्ष पंगेनीले बताए । ‘यो क्षेत्रमा पर्ने केही ...
सिराहामा गणेश यादवको प्रहरीकै गोलीबाट ज्यान गएको छानबिन समितिको निष्कर्ष, कारबाही सिफारिस

सिराहामा गणेश यादवको प्रहरीकै गोलीबाट ज्यान गएको छानबिन समितिको निष्कर्ष, कारबाही सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँसाउन १४ मा सिराहामा भएको तनावका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि भएको छ । सरकारले गठन गरेको सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीले चलाएको गोली नै त्यसदिन उनलाई लागेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । सुनसरीमा दुई समुदायबीच भएको झडप मधेशभरि फैलिँदा भएको सिराहामा भएको तनावका क्रममा यादवको ज्यान गएको थियो । तर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी कसैले पनि गोली चलाएको स्वीकारेका थिएनन् । छानबिनमा संलग्न एक अधिकृतले कान्तिपुरसँग कुरा गर्दै घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीबाटै गोली चलेको पुष्टि भएको बताए । ‘पोस्टमार्टममा संलग्न चिकित्सकहरूको राय पनि पेस्तोलबाट गोली चलेको गोलीले ज्यान गएको भन्ने रह्यो,’ उनले भने, ‘छानबिन समितिमा ब्यालेस्टिक जाँ...