प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी



काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका छन्।
आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन सोमबार विभिन्न महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको छ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा गरेका शाहले आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। विदेशमन्त्री संगकाे भेटमा नेपाल–भारत सम्बन्ध तथा व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको थियो।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्ता गर्नेछन्। प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ।

मोदीसँगको वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनकाेआयाेजनागर्ने कार्यक्रम छ। साथै, दुवै प्रधानमन्त्रीले श्रव्यदृश्य माध्यमबाट जनकपुर–अयोध्या रेल सेवाको पनि उद्घाटन गर्ने तयारी रहेकाे छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगकाे द्विपक्षीय वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यसूचीसमेत रहेको छ।

प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्। भ्रमण टोलीमा नेपाली व्यवसायी तथा संचारकर्मीहरू पनि समेटीएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका ५२ जना प्रतिनिधि आफ्नै खर्चमा प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा गएका हुन्।

दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यतालिका रहेकाे छ। उक्त उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ६:३५ बजे अवतरण गर्ने छ।

छुटाउनुभयो कि ?

निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

काठमाडौँसरकारले विद्युत् उत्पादन बढाउने लक्ष्यसहित सरकारी स्वामित्वका करिब एक हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद–बि...
प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमण...
एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौँनेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित नि...
असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

श्रीराम ज्ञवालीसमाजको ऐना र लोकतन्त्रको चौथो अङ्ग मानिने पत्रकारिता आज एक गम्भीर नैतिक सङ्कट र व्यावसायिक विचलनको मोडमा उभिएक...