राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसको हातमा



बुटवल
राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआइटी एबिएमसी टिमले हात पारेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टिमले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्सको द मर्ज कन्फ्लिक्ट टिम दोस्रो भएको छ । उक्त टिमले नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै लुम्बिनी प्राविधिक विश्वविद्यालयको पिक्सेल स्क्वाड टिम तेस्रो हुँदै रु १५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट महिला नेतृत्व टिमको पुरस्कार सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङको टिमले प्राप्त गरेको छ । उक्त टिमलाई नगद १० हजार प्रदान गरिएको आयोजक स्कुल अफ इन्जिनियरिङअन्तर्गत इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबका सल्लाहकार दिलीप पन्तले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट प्रस्तुती विधामा लुम्बिनी इन्जिनियरिङ कलेज र उत्कृष्ट क्षेत्रीय प्रभाव विधामा सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ टिमले पुरस्कार हात पारेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका १० वटा टिमबीच प्रतिस्पर्धा भएको थियो । सहभागीहरु टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमूना तयार गरी निर्णायक समक्ष प्रस्तुती गरेका थिए । “टिमले मूल्याङ्कन समक्ष प्रस्तुती दिएपछि उत्कृष्टलाई छनौट गरेर पुरस्कार प्रदान गरिएको हो ।” सल्लाहकार पन्तले भने, “यो कार्यक्रम क्लबले हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।” प्रतियोगितामा १० वटा टिमलाई छनौट गरी प्रतिस्पर्धा गराइएको थियो ।

छुटाउनुभयो कि ?

तिलोत्तमा महोत्सव : सफल उद्यमीका अनुभवले विद्यार्थीमा जगायो उद्यमशीलताको प्रेरणा

तिलोत्तमा महोत्सव : सफल उद्यमीका अनुभवले विद्यार्थीमा जगायो उद्यमशीलताको प्रेरणा

तिलाेत्तमातिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले सफल उद्यमी...
राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसको हातमा

राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसको हातमा

बुटवलराष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआइटी एबिएमसी टिमले हात पारेको छ ।सुदूरपश्चिम विश्ववि...
यातायात कार्यालय बुटवलबाट बिचौलियाको आरोपमा ७ जना पक्राउ

यातायात कार्यालय बुटवलबाट बिचौलियाको आरोपमा ७ जना पक्राउ

बुटवलरुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।बुटवल उपमहान...
ताप्लेजुङ्गमा ५.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङ्गमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौंपूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रि...