समाज

लुम्बिनीमा बजेटका सिद्धान्त प्रस्तुत : उत्पादन, रोजगारी र क्रमागत पूर्वाधारलाई प्राथमिकतामा दिइने

लुम्बिनीमा बजेटका सिद्धान्त प्रस्तुत : उत्पादन, रोजगारी र क्रमागत पूर्वाधारलाई प्राथमिकतामा दिइने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ ।आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने बताए ।उनले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चको प्रभावकारिता बढाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने जनाए । प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइएको उनले उल्लेख गरे । मन्त्री कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार ...
मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ। । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा ल...
प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलयुवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमै पहिलो पटक ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिने भएको छ । ‘प्राविधिक शिक्षामा जोड, रोजगारीको अवसरमा नयाँ मोड’ भन्ने मूल नारासहित रुपन्देही उद्योग संघले कार्यक्रम आयोजना गर्न लागेको हो ।रुपन्देही उद्योग संघले बुधबार पत्रकार सम्मेलन गर्दै यही जेठ ८ गते बिहान १० बजेदेखि तिलोत्तमास्थित Hotel Bodhi Villa मा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो । कार्यक्रम सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वय तथा ‘विगी तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दोस्रो चरण)’ को सहयोगमा आयोजना हुन लागेको जनाइएको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले हाल उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबीच...
प्रेसले आफ्नो सीमा कायम राखे सरकारले चाहेर पनि केही गर्न सक्दैन : सञ्चारमन्त्री तिमल्सिना

प्रेसले आफ्नो सीमा कायम राखे सरकारले चाहेर पनि केही गर्न सक्दैन : सञ्चारमन्त्री तिमल्सिना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंसूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको बताएका छन् ।प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताए ।“प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री तिमल्सिनाले भने, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।” उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री तिमल्सिन...
दैलेखमा रहेको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेखमा रहेको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंदैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । तर, दोस्रो चरणको मुख्य काम अगाडि बढ्न नसक्दा यो महत्त्वपूर्ण परियोजना अहिले अन्योलमा परेको छ । प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौँसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले ठोस कार्यतालिका अभावमा सुस्ताएको हो ।यसैबीच, दैलेख र कालिकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ ३ गते महाबुलेकमा बसेको ऐतिहासिक संयुक्त बैठकले समेत यो मुद्दालाई जोडदार रूपमा उठाएको छ । बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता एकिन गरी उत्खनन कार्यलाई द्रुतगतिमा अघि बढाउन सरकारसँग माग गर्ने निर्णय पारित गरेको छ ।चीन सरकारको करिब रु दुई अर्ब १७ करोड अनुदान सहयोगमा ‘चाइना जिओलोजिकल सर्भे’ले सन् २०१...
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।प्रधानन्यायाधीशमा नियुक्त शर्माले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । शित्तल निवासमा आयोजित कार्यक्रममा शर्मालाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो । शर्मालाई गत बैशाख २४ गते बसेको संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित एक जना नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित एक जना नियन्त्रणमा

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३७ थान नेपाली राहदानीसहित एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।विमानस्थलमा खटिएको सुरक्षाकर्मी टोलीले मंगलबार सिरहा जिल्लाको धनगढीमाई नगरपालिका-१३ स्थायी ठेगाना भएका ३८ वर्षीय अजित श्रेष्ठ पक्राउ गरको जानकारी दिएको छ । उनी नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट भारतको नयाँ दिल्ली जान लागेका थिए । जाँचका क्रममा श्रेष्ठको साथबाट कुनै पनि आधिकारिक अनुमति वा कागजातबिना ३७ थान नेपाली राहदानी फेला परेको सुरक्षा कार्यालयले जनाएको छ । ती राहदानीमा रोमानियाको भिसा लगाउने उद्देश्यले लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।बरामद गरिएका राहदानीसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पठाइएको प्रहरीले जनाएको छ । ...
सरकारप्रति आफ्नै संसद डा. अमरेश कुमार सिंहको असन्तुष्टि

सरकारप्रति आफ्नै संसद डा. अमरेश कुमार सिंहको असन्तुष्टि

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्रथामिकता आफुले स्वीकार नगर्ने बताएका छन् ।प्रतिनिधि सभामा मंगलबार छलफलमा भाग लिदै बजेटका सिद्धान्त र प्रथामिकतामा मधेशलाई उपेक्षा गरिएको भन्दै त्यसलाई आफुले स्वीकार नगर्ने बताएका हुन् ।सांसद सिंहले बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित रहेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।उनले आफ्नो २० बर्षे संसदको कार्यकालमा अर्थमन्त्री नहुदा छलफल चलिरहेको पहिलो पटक देखेको भन्दै नयाँको नाममा सबै कुरा भत्काउन नहुने बताएका थिए । उनले परिवर्तन गर्ने नाममा सबै परम्परा र थिति परिवर्तन नहुने भन्दै अर्थमन्त्रीको उपस्थिति बिना बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफल हुन नसक्ने जिकिर गरे । साथै उनले सरकारले बजेटका सिद्धान्त ...
‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल

‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, सम्पादकिय
काठमाडौँप्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा प्रहरी महानिरीक्षक कार्कीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानीको सूची (ग्रेलिस्ट) बाट बाहिर निकाल्न चालिएका कदमबारे अवगत गराएका थिए । नेपालले प्रस्तुत गरेको कार्ययोजनाको कार्यान्वयनमा प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका रूपमा नेपाल प्रहरीको भूमिकाबारे विस्तृत छलफल भएको थियो । भेटका क्रममा प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई मजबुत बनाउन नेपाल प्रहरीले अन्य सरोकारवाला निकायसँग गरिरहेको प्रभावकारी समन्वय र कारबाहीको अवस्थाबारे जानकारी गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग र आगामी कार्यदिशाका ...
रिट दर्ता अस्वीकारको विरोधमा नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

रिट दर्ता अस्वीकारको विरोधमा नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसँग भेटवार्ता गरेपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको हो । बारका महासचिव केदार कोइरालाका अनुसार नेपाल बार परिसरमा कानुन व्यवसायीहरूको सहभागितामा न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्दै विरोध प्रदर्शन गरिनेछ । बारले सर्वोच्च अदालतमा दर्ता हुन आएका रिट निवेदनहरू प्रशासनले दर्ता नगरी दरपीठ गरेर फर्काएको भन्दै यसले न्याय प्राप्तिको मार्गमा अवरोध सिर्जना गरेको ठहर गरेको छ ।संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ अनुसार कामु प्रधानन...