समाज

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए । उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका विकास योजनाहरु मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, औद्योगिक प्रदर्शनी स्थल लगायतलाई चाँडो सक्न सरकारको ध्यानआर्कषण गराएको बताईन् ।बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटव...
आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँचाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ताको भनाइ छ । दसैंमा उच्च खपत हुने खसीको मासुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो २ सयसम्म बढेको छ । गत असारमा कुखुरामा बर्डफ्लु फैलिएसँगै उकालो लागेको खसीको मासु अहिले प्रतिकिलो १ हजार ६ सय ५० रुपैयाँ पुगेको हो । व्यवसायीका अनुसार गत वर्ष यही समयमा खसीको मासु प्रतिकिलो १ हजार ४ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । जिउँदो खसीको मूल्यसमेत गत वर्ष प्रतिकिलो ६ सय ८० रहेकामा अहिले ८ सय पुगेको मासु व्यवसायी बताउँछन् । अन्डाको मूल्य पनि बढेको छ । गत वर्ष प्रतिक्यारेट ४ सय ५० रहेको अन्डा अहिले ६ सय रुपैयाँ पुगेको छ । खाद्यान्नको मूल्य त पछिल्लो डेढ महिनामै बढेको छ । भदौमा प्रतिकिलो १ सय ९० रहेको ताइचि...
चाडपर्वको मुखमा अनलाइन ठगीको बिगबिगी

चाडपर्वको मुखमा अनलाइन ठगीको बिगबिगी

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँबडादशैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् ।सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष शतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानकाअनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन् ।प्रहरीकाअनुसार...
रुपन्देहीमा लाइसेन्स वितरणमा सेटिङ, ७ जनाविरुद्ध अख्तियारको मुद्दा

रुपन्देहीमा लाइसेन्स वितरणमा सेटिङ, ७ जनाविरुद्ध अख्तियारको मुद्दा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देही अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख यादवले कार्यालयका अन्य कर्मचारी तथा ट्राफिक प्रहरीसँग मिलेमतो गरी लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई समेत उत्तीर्ण गराई सवारी चालक अनुमतिपत्र जारी गरेको पाइएको छ। आयोगले १३ जनालाई नियमविपरीत सवारी चालक अनुमतिपत्र जारी गरिएको जनाएको छ। अनुसन्धानबाट जापानमा वैदेशिक रोजगारीमा रहेका र नेपालमै उपस्थित नभएका एक व्यक्तिलाई समेत लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण गराई जे–१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको खुलेको आयोगको दाबी छ। त्य...
प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको गुनासो बढेपछि सरकारले यसमा चासो देखाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा नागरिकको गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ। क्यानमा आयोजित उक्त छलफलमा क्यानका पदाधिकारी र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच चाडपर्वका बेला स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र गराउने सहमति भएको छ। साथै, सोही भाडादरबारेको स्पष्ट सूचना सम्बन्धित वायुसेवा कम्पनीका सबै बिक्री वितरण प्लेटफर्महरूमा प्रकाशन गर्ने निर्णयसमेत भएको छ। यसअघि विसं २०७२ मङ्सिर २७ गते तत्कालीनमन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भा...
पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च अदालत

पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च अदालत

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई यान्त्रिक रूपमा हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ । पक्राउ परेको व्यक्ति भाग्न उम्कने, पक्राउको प्रतिरोध गर्ने वा आफू तथा अरूलाई क्षति पुर्‍याउन सक्ने जोखिमको वस्तुनिष्ठ मूल्यांकन गरेर हतकडी लगाउनुपर्ने अदालतको आदेश छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । अदालतले हतकडी लगाउनु अपरिहार्य हुने अवस्था नदेखिएका व्यक्तिलाई पक्राउ परेकै आधारमा हतकडी लगाउन नहुने भनेको छ । हतकडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजी र विकास यादवले सर्वोच्चमा रिट निवेदन दिएका थिए । सो रिटको अन्तिम टुंगो नलागेसम्म मनमौजी रूपमा हत्कडी नलगाउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।के छ सर्वोच्चको आदेशमा ? कुनै पनि व्यक्ति पक्राउ परेपछि सम्बन्धित व्यक्ति भाग्ने उम्कने जोखिम, न...
पूर्वप्रधानन्यायाधीश जबरा र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

पूर्वप्रधानन्यायाधीश जबरा र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमान्डौँ सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ केही व्यक्ति तथा नातेदारको घरमा छापा मारेको छ । विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छापा मारेको हो । स्रोतका अनुसार जबराका केही नातेदारको घरमा समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पुगेको छ । छापाका क्रममा जबराका निकटस्थ व्यक्तिहरूका घरबाट केही महत्त्वपूर्ण कागजातसमेत बरामद गरिएको बताइएको छ । यसअघि केही दिन मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यरातमा पक्राउ गरेको थियो । उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेर पछि छाडिएको थियो । ...
चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविरमा बुधबार सम्पन्न भएको छ। कालिकागाउॅंमा सन्चालित शिविर मा शान्तिपुर आखा उपचार केन्द्र द्वारा आखा दांत, नागरिक आरोग्य केन्द्र शान्तिपुर द्वारा आयुर्वेद सम्वन्धि परामर्श र सामी कार्यक्रमका सहजकर्ता मार्फत मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरिएको छ।शिविरबाट २८ जनाले आयुर्वेद सेवा, ५० जनाले आंखा उपचार सेवा र ८० जना नागरिकले स्वास्थ्य परामर्श सेवा लिएका छन् । आर्थिक वर्ष २०८३/८४ को कार्यक्रमअन्तर्गत गाउँपालिकाले चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसरहरूको उपस्थितिमा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूभन्दा केही टाढा रहेका, अलि दुर्गम तथा विकट क्षेत्रका साथै आदिवासी जनजाति लगायत विपन्न नागरिकहरूको बसोबास रहेका बस्तीहरू छनोट गरी स्वास्थ्य सेवामा नागरिकहरूको सहज पहुँच पुर्‍याउने उद्देश्यले अभियानका रूपमा य...
यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलयस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रू...
सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
बुटवलनारायणी नदीमा कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक सुस्ता बस्ती यसपटक अझ गम्भीर जोखिममा परेको छ । अब सुस्तालाई जोगाउन आपत्कालीन उद्धार मात्र पर्याप्त नभएको र दीर्घकालीन रूपमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता झन् टड्कारो बनेको छ।यो ऐतिहासिक भूभाग सुस्तामा हाल करिब ३ सय ३० घरधुरीका ३ हजारभन्दा बढी बासिन्दा बसोबास गर्दै आएका छन्। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार हालसम्म गरिएका आपत्कालीन बाढी नियन्त्रणका कामहरूले अस्थायी राहत दिए पनि नदीको कटान रोक्न दीर्घकालीन योजना अनिवार्य बनेको छ ।यसका लागि करिब ४ किलोमिटर क्षेत्रमा नयाँ तटबन्ध निर्माण, मर्मतसम्भार तथा स्तरोन्नति गर्नुपर्ने प्राविधिक काम आवस्यक पर्ने आकलन छ । प्रारम्भिक अनुमानअनुसार करिब १ अर्ब बजेट आवश्यक पर्ने भएकाले सरकारले बहुवर्षीय स्रोत सुनिश्चितता गरी हाइ...