समाज

आज नेपाली सेना दिवस: शैनिक मञ्चमा बिशेष समारोह गरी मनाईदै

आज नेपाली सेना दिवस: शैनिक मञ्चमा बिशेष समारोह गरी मनाईदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंहरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ र यस क्रमको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ। काठमाडौँ आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलिकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ। आजका दिन टुँडिखेलमा सेनाले विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछ। उच्च ओहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिति हुने यस कार्यक्रम हेर्न सर्वसाधारणको भीड लाग्ने गर्दछ। पूर्वीय सीमा बाट बहने मेची खोला र पश्चिमी सीमाबाट बहने महाकाली यस देशका सीमाहरू हुन्। नेपालको इतिहासको लिखित सुरुवात भने ईशापूर्वको ३५० वर्षअघिबाट भएको पाइन्छ। पौराणिक समयमा गोपाल, महिसपाल, किराँत, लिच्छवी लगायतका बशंले शासन गरेका यस ठाउँमा राज्यहरू माथि आक्रमण गर्ने, कब्जा गर्ने अनि आफ्नो राज्यको सीमा बिस्तार गर्ने जस्ता कुराहरू समय समयमा भइरहन्थे। रेकर्डहरू केलाउने हो भने नेपालको आफ्न...
आज महाशिवरात्री: शिव भगवानको पूजा आराधना गरी मनाइँदै

आज महाशिवरात्री: शिव भगवानको पूजा आराधना गरी मनाइँदै

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने ...
लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहको वित्तीय समानीकरण अनुदान कटौती

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहको वित्तीय समानीकरण अनुदान कटौती

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको रकम कटौती गर्न भनेको हो । 'पुस मसान्तसम्म लक्ष्यको तुलनामा ८१ दशमलव ७५ प्रतिशत मात्र राजस्व संकलन भएको र सोही अनुपातमा प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखिआएको छ,' महालेखा नियन्त्रक कार्यालयको परिपत्रमा भनिएको छ, 'जसअनुसार तेस्रो त्रैमासिक किस्तावापत हुने २५ प्रतिशत मध्ये २० दशमलव ४३ प्रतिशत अर्थात् कूल स्वीकृत वार्षिक बजेटमध्ये तेस्रो किस्तासम्मको ७० दशमलव ४३ प्रतिशतमा नबढ्ने गरी प्रदेश तथा स्थानीय तहमा ...
कालिका मानवज्ञान माविमा नमूना संसदको अधिवेशन सम्पन्न

कालिका मानवज्ञान माविमा नमूना संसदको अधिवेशन सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलकालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिनको लागि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ । लेक्स नेपाल, लिगल एड्भोकेसी फोरम तथा लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको अधिवेशनमा रुपन्देहीमा कानून विषय पढाई भइरहेका ४ वटा विद्यालयको विद्यार्थीहरुको सहभागिता रहेको थियो ।विद्यार्थी हरुविच गरिएको प्रत्यक्ष निर्वाचनबाट छनौट भएर आएका ४५ जना विद्यार्थीहरुले सभामुख, संघीय सरकारका मन्त्री र संसद सदस्यको भुमिका निर्वाह गरेका थिए ।नमूना अधिवेशनमा शून्य समय, विशेष समय, विधेयक माथिको छलफल, प्रस्नोत्तर र मन्त्रीको जवाफ जस्ता सेसन सञ्चालन भएका थिए । त्यहाँ सांसदहरुले विभिन्न जिल्लाका आर्थिक, भौतिक र वातावणीय समस्या...
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज
बुटवलआज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् ।विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिन्छ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । ‘विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव ...
सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ-आफ्नो क्षेत्रमा त्रुटीरहित तवरमा कार्यसम्पदान गर्न निर्देश...
उद्योगी व्यवसायीद्वारा बुटवलको भविष्य बारे पूर्व अर्थमन्त्री रुपन्देही २ का उम्मेदवार पौडेलसमक्ष चिन्ता व्यक्त

उद्योगी व्यवसायीद्वारा बुटवलको भविष्य बारे पूर्व अर्थमन्त्री रुपन्देही २ का उम्मेदवार पौडेलसमक्ष चिन्ता व्यक्त

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका उद्योगी तथा व्यवसायीहरुले यहाँको भविष्य बारे पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष चिन्ता व्यक्त गरेका छन् । पूरानो बुटवल बजारलाई गुल्जार बनाउँदै पुन: जीवन दिने र अमरपथ, हाटबजार लाइन लगायत अहिलेको बजार क्षेत्रलाई व्यवस्थित बनाउने गरि आगामी दिनमा योजना निर्माण गरि अघि बढ्न व्यवसायीहरुले सुझाब प्रस्तुत गरेका छन् ।यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार समेत रहेका पौडेल समक्ष व्यवसायीहरुले यहाँको आधुनिक बिकास तथा निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने गरि नीति निर्माणमा लाग्न आग्रह गरेका हुन् । पटक-पटक यस क्षेत्रबाट निर्वाचित हुँदै आएका पौडेलले रुपन्देहीको समग्र बिकास निर्माणमा खेलेको भूमिकाप्रति प्रशङ्सा व्यक्त गर्दै उनीहरुले निजी क्षेत्रले सधै साथ दिने प्रतिवद्धता समेत गरेका छन् । बुटवल बजार क्षे...
कामको आधारमा ६ महानगरमध्ये काठमाडौं देखियो सबभन्दा कमजोर

कामको आधारमा ६ महानगरमध्ये काठमाडौं देखियो सबभन्दा कमजोर

फिचर, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौं महानगरपालिका देशका ६ वटा महानगरपालिकाहरूमध्ये कार्यसम्पादनमा सबभन्दा कमजोर देखिएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार काठमाडौं महानगरपालिकाले १०० पूर्णाङ्कमा मात्र ४४.९७ अंक प्राप्त गरेको छ। जुन अन्य महानगरहरूको तुलनामा सबभन्दा कम स्कोर हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष स्थानीय तहहरूले गर्ने खर्च, राजस्व सङ्कलन, बजेट व्यवस्थापन र सेवा प्रवाहका आधारमा यो मूल्याकंन गर्ने गर्दछ। गत आर्थिक वर्षमा गरेका विभिन्न क्रियाकलाप र नतिजाहरूलाई मुख्य आधार बनाएर यो अंक प्रदान गरिएको हो। ६ महानगरको सूचीमा विराटनगर महानगरपालिका ७८.११ अंक सहित पहिलो स्थानमा रहँदा ललितपुरले ७६.३३ अंक, भरतपुरले ६८.०४ अंक, पोखराले ५८.७६ अंक र वीरगञ्जले ५४.०० अंक प्राप्त गरेका छन्। मूल्यांकनका आधार र अंक विभाजन वित्त आयोगले स्थानीय तहको कार्यसम्...
नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा(माओवादी) रुपन्देहीले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिवद्धतापत्र आज शुक्रबार सार्वजनिक गरेको छ । सो पार्टीले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्वाधिनता, आत्मनिर्भरता र समानताका लागि माओवादी उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको छ ।प्रतिवद्धतापत्र सार्वजनिकको अवसरमा बोल्दै नेकपा (माओवादी) पोलिटव्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठले अहिले गर्ने भनिएको निर्वाचनले समेत मुलुकलाई निकाश दिनेमा संकाहरु उत्पन्न भएको चिन्ता व्यक्त गरे । नयाँ भनेर उदायकाहरुलेनै चुनावी अभियानमा देखाएको तडकभडक र अनावश्यक खर्चले भ्रष्टाचारलाई थप प्रसय दिएको उनको टिप्पणी छ । आगामी निर्वाचनबाट कुनै पनि दलको स्पष्ट बहुमत आउने संकेत नदेखिएकाले सत्ताका लागि स्वार्थपूर्ण साँठगाठ तथा सत्ता बनाउने र गिराउने खेल जारी रहने उनले बताए ।नेकपा (माओवा...
चालु आर्थिक बर्षको माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

चालु आर्थिक बर्षको माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआर्थिक बर्ष २०८२-८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ । माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२. २६ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।त्यस्तै माघ महिनाको लक्ष्य एक खर्ब २ अर्ब ४२ करोड रहेकोमा ८७ अर्ब ९२ करोड राजश्व संकलन भएको छ, जुन ८५.८४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा माघ महिनामा ८३ अर्ब ५१ करोड राजश्व संकलन भएको थियो ।आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड संकलन भएको छ । ...