प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा



बुटवल
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले नागरिकले लडेर ल्याएको सिंह दरवारको अधिकार नागरिकमा रहेको र अहिलेको सरकारले खोस्न खोजेको वताइन्।
नेपाल मिडिया सोसाइटी तथा प्रशासक संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शुरुवात भएको २ दिने चौथो मिडिया सम्मेलनमा वोल्दै उनले महासंघ चरणवद्ध आन्दोलन गरिरहेको तर सरकारले पहल नगरेको वताउदै सञ्चारकर्मी र सञ्चार माध्यममा भएको कमजोरी सच्याउने तर समग्र निजी सञ्चार माध्यमलाई प्रहार भएको स्विकार नहुने धारणा राखिन्।
सरकारले समाचार लेखेकै कारण पत्रकारमाथि अनेक किसिमका समस्या श्रृजना गरिरहेको समेत जिकिर गरिन्।
सरकारको असंवैधानिक कदमविरुद्धको चरणवद्ध आन्दोलन संवोधन नहुँदा सम्म नरोकिने चेतावनी दिइन्।


बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वचाई राख्न सञ्चार माध्यम, सञ्चारकर्मी, सरकार, सरोकारवाला र आमनागरिक संयमित हुन आवश्यक रहेको बताए छन्।
पाण्डेले सरकारले ल्याएको नितिले सरकारी सञ्चार माध्यम मात्र प्रकाशन प्रशारण गर्नु पर्ने वाध्यात्मक परिस्थितिमा विज्ञापन महङ्गो र प्रकाशित गर्न महिना दिन पर्खनुपर्ने समस्या जटिल वनेको वताएका छन्।


यसमा सरकारले गरेका सुकुम्वासी लगायतका विषयहरु सच्याए जसरी सञ्चार माध्यममा लगाएको विभेदकारी विज्ञापन निति पनि सच्याउन आवस्यक रहेको धारणा राखेका हुन्।
कतिपय सञ्चारकर्मी र सञ्चार माध्यमका कारण समग्र सञ्चार माध्यम र सञ्चारकर्मीमा असर परेको वताएका छन्।
पाण्डेले बुटवललाई मिडिया सिटी वनाउने योजना विविध कारणले सफल नभएको गुनासो गरे।
नगर मिडिया मैत्री रहंदा रहंदै पनि मिडियाका मुद्दा झेलीरहंदा दिक्क भ एको गुनासो पोखे। उनले हाम्रा पुराना शैली यूवा पुस्ताले नचाहेको र हामी परिष्कृत हुन आवश्यक रहेको वताएका थिए।


नेपाल मिडिया सोसाइटीका मदन लम्सालले सञ्चार माध्यम व्यवसाय मात्र होइन, सुचना प्रवाहको महत्वपूर्ण अंग रहेको र उपेक्षा गर्न नहुने वताएका थिए।
उनले राष्ट्रका महत्वपूर्ण घटना, समयमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने निजी मिडियामा लगाईएको अंकुश हटाउन आवस्यक रहेको वताएका छन्।
उनले मुलधारको मिडिया लाई लोककल्याणकारी सुचना नदिई साना स्थानीय सञ्चारमाध्यमलाई दिने व्यवस्था गरेमा पनि फलदायी हुने धारणा राखे।
सञ्चार माध्यम र सञ्चारकर्मी समय अनुसार परिस्कृत हुन आवश्यक रहेको औंल्याउँदै मिडियाका विकृति पनी हटाउन आवस्यक रहेको धारणा राखेका थिए।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वलियो वनाउन पाठक, श्रोता , नागरिक समाज पनी सचेत हुन आवश्यक रहेको वताए।
नेपाली मिडिया अस्तित्वको सङ्कट समाधानमा साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखेका थिए।
उनले लोकतन्त्र सवल वनाउन मिडिया सवल वनाउन जरूरी रहेको वताए।


प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले अहिले मिडिया विज्ञापन लगायतका समस्या र सामाजिक सञ्जालको मारले समस्यामा परेको र यसमा सरकारले चासो दिएको वताएका छन्।
कार्यक्रम प्रसारण संघ लुम्बिनी प्रदेशका अध्यक्ष नवराज कुंवरको अध्यक्षता तथा सचिव माधव नेपालको सञ्चालन र उपाध्यक्ष विष्णु भुसालले समापन गरेका थिए।

छुटाउनुभयो कि ?

प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा

प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा

बुटवलनेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले नागरिकले लडेर ल्याएको सिंह दरवारको अधिकार नागरिकमा रहेको र अहिलेको सरकारल...
सर्वोच्चको फैसला विपरीत सरकारले थप २१ उद्योगको लाइन काट्यो

सर्वोच्चको फैसला विपरीत सरकारले थप २१ उद्योगको लाइन काट्यो

काठमाडौंऔद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरे पनि लिमिटेडले त्यसको कार्या...
एक दशकसम्मको कृषि अनुदानको छानबिन गर्न कार्यदल गठन

एक दशकसम्मको कृषि अनुदानको छानबिन गर्न कार्यदल गठन

काठमाडौंकृषि, वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल ...
राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँपार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक...