बुटवलको चौंथो मिडिया सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी, विज्ञापन नीति खारेजीको माग



बुटवल
चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको हालको विज्ञापन नीतिलाई खारेज गर्नुपर्ने माग गरेको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी र नेपाल मिडिया सोसाइटीको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा असार ६ र ७ गते बुटवलमा सम्पन्न दुईदिने सम्मेलनले आठ बुँदे “बुटवल घोषणापत्र–२०८३” जारी गरेको छ ।

सम्मेलनमा सहभागी प्रकाशक, सम्पादक र सञ्चारकर्मीहरूले सरकारी विज्ञापन वितरणमा अपनाइएको नीति र अभ्यासले निजी क्षेत्रका सञ्चार माध्यमलाई गम्भीर आर्थिक सङ्कटमा धकेलेको ठहर्याए । यसैले विद्यमान नीतिको ठाउँमा समावेशी, समानुपातिक र वैज्ञानिक आधारमा विज्ञापन वितरण गर्ने प्रणाली लागू गर्नुपर्ने सम्मेलनको माग छ । साथै नेपाल पत्रकार महासंघले चलाइरहेको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै थप सशक्त बनाउने प्रतिबद्धता पनि जनाइएको छ ।

घोषणापत्रमा विज्ञापन वितरणमा देखिएको अनियमितता र असमानताको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने र देशभरका सञ्चार संस्थालाई व्यावसायिक रूपमा सक्षम बनाउन साझा विज्ञापन बिक्री संयन्त्र स्थापना गर्ने माग समेत राखिएको छ । पारदर्शिता बढाउन सञ्चार संस्थाहरूले प्रत्येक तीन महिनामा आफ्नो पाठक–दर्शक तथ्याङ्क सार्वजनिक गर्ने र वर्सेनि स्वतन्त्र सर्वेक्षण तथा लेखापरीक्षण गर्ने प्रतिबद्धता जनाइएको छ । विज्ञापनमा मात्र भर नपरी सदस्यता, ब्रान्डेड सामग्री जस्ता वैकल्पिक आम्दानीका स्रोत खोज्नुपर्नेमा पनि जोड दिइएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सरकारले सञ्चार क्षेत्र सबलीकरणका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने र यसका लागि मिडिया अधिकार तथा दिगोपन पैरवी समिति गठन गर्ने उल्लेख गरिएको छ । यस सम्बन्धी पैरवीको जिम्मेवारी नेपाल मिडिया सोसाइटी र प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले लिने जनाइएको छ । सरकारले लोककल्याणकारी विज्ञापनको भुक्तानी रकम घटाएको विषयमा सम्मेलनले गम्भीर चिन्ता व्यक्त गर्दै पूर्ववत् भुक्तानी प्रणाली कायम राख्न माग गरेको छ ।

घोषणापत्रमा भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति र सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न तीनै तहका सरकारले संयुक्त पहल गर्नुपर्ने र त्यहाँ सञ्चार सङ्ग्रहालय तथा सञ्चारग्राम स्थापना गर्नुपर्ने माग पनि राखिएको छ ।
नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालद्वारा हस्ताक्षरित घोषणापत्रमा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सरकार, सञ्चार संस्था र सरोकारवालाबीच साझा सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ । समापन कार्यक्रममा प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले सम्मेलन पूर्णतः सफल भएको र घोषणापत्रले सरकार तथा सरोकारवालालाई महत्वपूर्ण सन्देश दिएको बताए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...