समाज

रिडीबजारका मजदुरकाे पीडा कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन

रिडीबजारका मजदुरकाे पीडा कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन

ताजा अपडेट, फिचर, समाचार, समाज, स्थानीय
कृष्णअन्जान रिडीबजार कहिले आउला सँगिहाे हामी दुखिका सुखका दिन , गिट्टी कुट्ने जिन्दगी छैन बरै शुख एकैछिन । रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडीबजारकी लक्ष्मी कुमाल बिहानै हतौडा बाेकेर कालिगण्डकी नदिकाे किनार मा पुग्छिन । गिट्टी कुट्दा हत्केला भरि फाेरा परेका छन ,कतिकतिबेला हतौडाले हातमा ,ओैँलामा थिच्छ ,दुखाईले अरल्लिन्छिन तर पनि आफू ,आफ्ना लालाबालाकाे पेट भर्न गिट्टी कुट्नु उनकाे वाध्यता हाे । यदि उनले गिट्टी नकुटे लालाबाला भाेकै हुन्छन ,उनी एउटी जिम्मेवार आमा हुन आफै भाेकै रहेर पनि लालाबालाकाे शिक्षा दीक्षा लालन पालनका लागि गिट्टी कुट्नु उनकाे विवसता हाे । त्यसाे त लक्ष्मी कुमाल जस्ता धेरै दिदीबहिनी हरु दिनभरि टन्टलापुर घाम हाेस या मुसलधारे पानी गिट्टीमै आफ्नो जिन्दगी खाेजेकाे भेटिन्छन । रिडीबजारकै पचहत्तर वर्षे बृद्ध लाेक बहादुर मगरपनि याे बुढेसकालमा उनकाे साथि हतौडाे र कालिगण्ड...
श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले  सिटामोल पाएनन् ,स्थानिय सरकार भन्छ सिटामोल प्रयाप्त छ ।

श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले सिटामोल पाएनन् ,स्थानिय सरकार भन्छ सिटामोल प्रयाप्त छ ।

Breaking news 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
अमर पन्थ ,बुटवल श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीयले सिटामोल समेत नपाएको गुनासो गरेका छन् ।भदौ २४ गते शुक्रबार छत्रकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय बिक्रम कार्कि त्यहाँ सेवा लिन गएका थिए तर उनले सिटामोल समेत बाहिर निजी मेडिकलमा किन्न बाध्य भएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् उनले लेखेका छन् डाक्टर साबले चेक पनि गर्नुभयो औषधीको सिफारिस पनि लेखेर दिनुभयो डाक्टरले लेखेर दिएको औषधिको सिफारिसमा सिटामोल समेत लेखेको थियो तर औषधि दिने त्यहाँका कर्मचारीले सिटामोल समेत नदिएर बाहिर किन्न बाध्य पारिएको उनको आरोप रहेको छ। स्टाटसमा आएका अधिकांश कमेन्टहरु मा समेत स्थानीयहरूको स्वास्थ्य केन्द्र प्रति गुनासो गरेका छन । यता छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्वास्थ्य केन्द्रमा सिटामोल प्रयाप्त रुपमा उपलब्ध भएको दाबी गरेका छन्।नेपाल सरकारले निःशुल्क रुपमा उपलब...
अतिक्रमण गरेको सडक ३ दिन भित्र खालि गर्न बुटवल उपमहानगरको निर्देशन

अतिक्रमण गरेको सडक ३ दिन भित्र खालि गर्न बुटवल उपमहानगरको निर्देशन

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
बुटवल, भदौ २४। बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकार भित्र गरिएका व्यापार व्यवसाय र अव्यवस्थीत पार्किङ खाली गर्न ब्यवसायीहरुलाई ३ दिने अल्टिमेटम दिएको छ। आफ्नो प्रशासनिक कार्यालय अगाडीको सडक समेत कब्जा गरि व्यापार व्यवसाय गरेकाहरुलाई नहटाएको भन्दै आलोचना बढेपछि बुटवल उपमहानगरपालिकाले सक्रियता देखाएको हो।पछिल्लो समय काठमाण्डौं र पोखरा महानगरपालिकाले सार्वजनिक स्थल, सडक र फुटपाथमा गरिएको अतिक्रमण संगै सरकारी भवन समेत हटाएर प्रशंसा बटुलेपछि अन्य नगरपालिकाहरुलाई दवाव परेको हो।बिहिवार मात्रै तिलोत्तमा नगरपालिकाले असोज ५ गतेभित्र सार्वजनिक स्थलको अतिक्रमण हटाउन अल्टिमेटम दिएपछि भने चौतर्फी सडक अतिक्रमण भएको बुटवल उपमहानगरपालिकालाई थप दवाव परेको थियो।उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै तिनदिन भित्र सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार...
आज हरितालिका तीज व्रत, महिलालाई बिदा

आज हरितालिका तीज व्रत, महिलालाई बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, समाचार, समाज, स्थानीय
१४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् । आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै न...
बाघ बढे तर गोठ रित्तिए, अन्न फल्न छाड्यो

बाघ बढे तर गोठ रित्तिए, अन्न फल्न छाड्यो

Breaking news 3, फिचर, समाचार, समाज, स्थानीय
१३ भदौ, काठमाडौं । बर्दियाको मधुवन–३ भग्रैयाका रामबहादुर केसी मचानमाथि बसेर धानखेतको रखवारी गर्दैथिए– निकुञ्जबाट आउने हात्तीको बथानले हुर्कंदै गरेको धानबाली स्वाहा पारिदेला कि भनेर । त्यसैबेला छेउमा बजिरहेको रेडियोले नेपालमा बाघको संख्या बढेर ३५५ पुगेको खबर फुक्यो । ‘अब झन् कति मान्छे खाने हो !’ लामो सुस्केरा हाल्दै रामबहादुरले भने । रामबहादुरबाटै यो समाचार सुनेकी उनकी श्रीमती दुर्गा केसी पनि दुःखी भइन् । १३ साउन २०७९ (विश्व बाघ दिवस) मा वन तथा वातावरण मन्त्रालयले नेपालमा बाघको संख्या ३५५ पुगेको घोषणा  गर्यो । बाघ बढेको यो समाचार बीबीसी, नेशनल जिओग्राफी, सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा आईयूसीएन, वल्र्ड वाइल्ड लाइफलगायत संस्थाले पनि प्रकाशन/प्रसारण गरे । बलिउड अभिनेता लियोनार्डो डि क्याप्रियोले खुशी व्यक्त गर्दै ट्वीट गरे । तर, रामबहादुर केसीको परिवार भने चिन्ति...
आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

Breaking news 1, ज्याेतिष, ताजा अपडेट, समाचार, समाज, स्थानीय
११ भदौ, बुटबल । आज भाद्र कृष्ण औंसी अर्थात  कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् ।कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो । बुबाको मुख हेर्ने दिन पनि आजै आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र प...
रेसुङ्गा बहुमुखी क्याम्पसलाई धरासायी बनाउने संचालक समिति र प्रशासन नेतृत्वले राजिनामा दिनुपर्ने एमालेको माग ।

रेसुङ्गा बहुमुखी क्याम्पसलाई धरासायी बनाउने संचालक समिति र प्रशासन नेतृत्वले राजिनामा दिनुपर्ने एमालेको माग ।

Breaking news 1, शिक्षा, समाज, स्थानीय
भदौ ९ ,गुल्मी ४० बर्ष देखि उच्च शिक्षा पठनपाठन गर्दै प्रतिष्ठित सस्थाको छवी बनाएको रेसुङ्गा क्याम्पस अहिले धरासायी अबस्थामा पुगेको छ । क्याम्पस प्रमुख लगायत संचालक समितीको असक्षमताको कारण क्याम्पस संकटमा पुगेको भन्दै नेकपा एमाले रेसुङ्गा नगरकिमिटील चासो देखाएको छ ।नेकपा एमाले रेसुङ्गा नगरकिमिटीले रेसुङ्गा बहुमुखी क्याम्पसका संचालन समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले अप्रत्यासित रुपमा क्याम्पसमा संकटकाल घोषणा गरेको भन्दै त्यस्तो निर्णय गर्ने संचालक समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको हो ।४० बर्षदेखि उच्च शिक्षा प्रवाह गरेको क्याम्पसमा संकटकालको घोषणाले जिल्लामै उच्च शिक्षाबाट विद्यार्थीहरु बञ्चित हुने एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरी प्रसाद पोखरेलले बताउनु भएको छ । क्याम्पसको विकासमा सबे पक्षको भूमिका रहने भए पनि काँग्रेसले ला...
गुल्मी  सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित

गुल्मी सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
८ भदौ, बुटबल ।। सहयोगी शब्दको पर्यावाची जस्तै बनेका छन् गुल्मीका भरत जंग क्षेत्री । क्षेत्री सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्दथे गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वाड न ६ मा जन्मिएका क्षेत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय बनेका छन् । .समाजमा विभिन्न किसिमका बालबालिकादेखि बृद्ध बुबा आमा लक्षित विभिन्न अभियानमा उनी व्यस्त रहने गर्दछन् । गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका क्षेत्रीको अहिलको बसाई बुटवलमा रहेको छ । विभिन्न दुःखमा परेका, समस्या भएका र अभावमा छट्पटिएका नागरिकहरूका लागि मलम बनिरहेका क्षेत्री आफू सक्दो सहयोग सबैलाई गर्नुपर्छ भन्ने धारणा राख्छन् । व्यक्तिगत रुपमा पनि कसैले आफु प्रति सहयोगको अपेक्षा राख्छ भने उसलाई निराश बनाउनुहुँदैन भनेर उनी सकेको सहयोग गर्ने गर्दछन् ।. त्यसो त उनीे विभिन्न विकृति विसंगति र चित्त नबुझेका कुरामा स्...
बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग

बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
कृष्ण अन्जान७ भदौ ,बुटवलबुटवल लेडि जेसिज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ ।मानवियताको यहि अभियानमा क्यान्सर रोगबाट पीडित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं सञ्चारकर्मी आनिक राना मगरलाई सहयोगवापतको रकम हस्तान्तरण गरेको हो । बुटवल लेडि जेसिजले हरितालिका तिजलाई लक्षित गरेर तिज मिलन कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले तीजको नाममा भइरहेका विकृति हटाइ मौलिकतामा रमाएर तीज मनाउन सुझाव दिइन् । ुुउनले तीजमा हुने रमझम र भेटघाटले ...
धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ

धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ

Breaking news 2, ताजा अपडेट, समाज
रुपन्देही । बुटवलको एक चर्चमा मृत्यु भएको व्यक्तिलाई जीवित गराइएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धार्मिक अन्धविश्वास बढाएर भ्रम फैलाउन खोजेको आरोपमा एक पास्टर पक्राउ परेका छन् । यस घटनामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान थालेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । कुनै धर्मप्रति मानिसहरुलाई आकर्षित गर्ने नाममा भ्रामक प्रचार गर्नु दण्डनीय हुने उनको भनाइ छ । ‘भिडिओ सार्वजनिक भएपछि हामीले अनुसन्धान थालेका छौं, यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ,’ उनले नेपाल प्रेससँग भने ।विवेक सत्याल नामका व्यक्तिले सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेका हुन् । उनले ‘मरेका व्यक्तिलाई पुन: जीवित गराउँदै’ शीर्षक दिएर भिडिओ हालेका छन् । यद्यपि, भिडिओभित्र भने मरेकोलाई ब्युँताइएको दाबी कसैले गरेको छैन भिडिओमा उल्लेख भए अनुसार सो दृष्य...