पहिलो किस्ता बुझाएपछि बिजुली जोड्न आयोगको निर्देशन


विद्युत् नियमन आयोगले उद्योगबाट आवधिक रूपमा असुल गर्ने गरी उपयुक्त अनुपातमा रकम तोक्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्राधिकरणले केही उद्योगमा लाइन काटेपछि आयोगले बुधबार पत्र पठाउँदै आवधिक रकम बुझाएपछि सम्बन्धित उद्योगमा तत्कालै लाइन जोड्न निर्देशन दिएको हो ।

रकमअनुसार कति किस्ता दिने त्यो तोक्न निर्देशन दिएको आयोगका अध्यक्ष रामप्रसाद धितालले बताए । आयोगले विद्युत् महसुलको परिमाण वा अन्य कुनै पक्षमा पछि कुनै आधिकारिक निकायबाट जाँचबुझ हुँदा कम/बढी भएको अवस्थामा त्यसपछिका बिलमा समायोजन गर्न पनि निर्देशन दिएको छ ।

आयोगको पत्रमा ०७२ माघदेखि ०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विद्युत् महसुलको हकमा मात्र यस्तो रकम तोक्न भनिएको छ । ‘अहिले २८ किस्तासम्मको किस्ताबन्दी सुविधा दिने भनिएको छ, कुनै उपभोक्ताको तिर्नुपर्ने रकम धेरै छ, कसैको कम छ । त्यसैले प्राधिकरणलाई नै कति किस्ताको सुविधा दिने हो त्यो रकम तोकिदिन भनेका हौं,’ अध्यक्ष धितालले भने, ‘बिजुली काटिएको भए रकम बुझाएपछि बिजुली जोड्न पनि भनेका छौं ।’

बुधबार नै बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले २८ पटकको किस्ताबन्दी सुविधालाई बढाएर ५६ किस्ता पुर्‍याएको छ । ‘किस्ताबन्दी थप्ने, उद्योगीलाई अदालत जान पनि सहजीकरण गर्ने बोर्डले निर्णय गरेको छ,’ ऊर्जामन्त्री दीपक खड्काले भने, ‘पहिलो किस्ता तिरेर तत्काल लाइन जोड्ने पनि निर्णय भएको छ ।’ कुल बक्यौताको २५ प्रतिशत राखेर प्राधिकरणको पुनरावलोकन समितिमा जानुपर्ने अवस्था रहेकोमा अब ५ प्रतिशत मात्रै बैंक ग्यारेन्टी तथा नगद राखेर जान सक्ने व्यवस्था गरेको मन्त्री खड्काले बताए ।

कुल २८ महिनाको बक्यौता भएकाले २८ महिनाको सुविधा दिइरहेकोमा बढाएर ५६ किस्ताको सुविधा दिने निर्णय भएको प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्यले बताए । ‘उद्योगीले निवेदन दिएर पहिलो किस्ता तिर्छु भनेर निवेदन दिने र पैसा तिरेपछि तत्काल लाइन जोड्ने निर्णय भयो, अब उद्योगीले कुल बक्यौता ५६ पटक गरेर तिर्न सकिने भएको छ,’ उनले भने ।

छुटाउनुभयो कि ?

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...