समाज

विद्यार्थीलाई विदेश जान बाध्य पार्ने गरी गलत स्वार्थमा नलाग्न प्रधानमन्त्री ओलीको निर्देशन

विद्यार्थीलाई विदेश जान बाध्य पार्ने गरी गलत स्वार्थमा नलाग्न प्रधानमन्त्री ओलीको निर्देशन

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आइतबार चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट संख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि परामर्श गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरूलाई पढ्नका लागि विदेश जान बाध्य पार्ने गरी कुनै पनि स्वार्थमा नपर्न सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए । 'हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ । देशको समृद्धिमा कसरी लाभ पुुग्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ,' आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, 'कुनै लहड, स्व...
सर्वाधिक कर तिर्ने करदातालाई सरकारले गर्यो सम्मान

सर्वाधिक कर तिर्ने करदातालाई सरकारले गर्यो सम्मान

Breaking news 2, Breaking news 3, समाचार, समाज
काठमाण्डौ सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ।कर दिवसको अवसर पारेर आन्तरिक राजस्व बिभागले आयोजना गरेको कार्यक्रममा गत आर्थिक वर्षमा  विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्। सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ। यसपटक सबैभन्दा बढी कर तिर्नेमा नेपाल दुरसञ्चार कम्पनी देखि, लुम्विनी मेडिकल कलेज र भाटभटेनी सुपर मार्केट सम्म छन्।   यी हुन् १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ : नेपाल दूरसञ्चार कम्पनी ९नेपाल टेलिकम० निकाय एकलौटी फर्महरुतर्फ : सुर्ति ट्रेडर्स सूचना प्रविधितर्फ : कोडावतार टेक प...
वडालाई सम्बृद्द बनाउने सपना छ : मुसिकाेट नगरकाे वडाअध्यक्षका उम्मेदवार थापा

वडालाई सम्बृद्द बनाउने सपना छ : मुसिकाेट नगरकाे वडाअध्यक्षका उम्मेदवार थापा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
गुल्मी २०७९ सालको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको मृत्यु वा विविध कारणले रिक्त रहेका क्षेत्रमा यही मंसिर १६ गते उपनिर्वाचन हुंदैछ । जस अन्तर्गत गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका १ नम्बर वडामा २०७९ सालमा निर्वाचित वडा अध्यक्ष काे मृत्यु भए पश्चात् रिक्त रहेकाे उक्त वडामा यहि मंसिर १६ गते उपनिर्वाचन हुंदैछ। उक्त वडामा ४ हजार ९१ मतदाता रहेका छन् भने ३ मतदान स्थल रहनेछन्। नेकपा एमालेको तर्फबाट पार्टीमा नगर कमिटी ,वडाअध्यक्ष लगायत विभिन्न तहमा रहेर नेतृत्व गरी पार्टीलाई योगदान गरेका दलबहादुर थापा उम्मेदवार बनेका छन्। वडा अध्यक्षका प्रत्याशी थापाले शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सडक पूर्वाधार ,पर्यटन ,कृषि ,स्वरोजगार ,रोजगार जस्ता क्षेत्रको विकास गरी वडालाई समृद्ध बनाउने सपना बोकेका छन् । संचार पत्रसँगको कुराकानीमा थापाले ''आफू २०७४ सालको निर्वाचनमा उक्त वडाबाट वडा सद...
संसद्लाई कानुन निर्माणमा समयसीमा तोक्न सरकारको आग्रह

संसद्लाई कानुन निर्माणमा समयसीमा तोक्न सरकारको आग्रह

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सरकारले कानुन निर्माणको ढिलासुस्ती हटाउनका लागि विधेयक पारित गर्ने समयसीमा तोक्न संसद्लाई आग्रह गरेको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा भइरहेको ढिलासुस्ती हटाउन संसद्मा समयसीमाको प्रस्ताव गरेका हुन् । सरकारले कुनै विधेयक सदनमा पेस गरिसकेपछि त्यसलाई समयसीमामा बाँधेर विधायनको प्रक्रिया पूरा गर्नुपर्ने गृहमन्त्री लेखकले बताए । विधायन प्रक्रिया समयसीमा नबाँधिएकाले समयमै विधेयकहरू अगाडि बढ्न नसकेको उनको भनाइ थियो । ‘विधेयकको चरणलाई समयमा बाँध्नुपर्छ,’ उनले भने, ‘विधेयक दर्ता भएपछि यति दिनभित्र अनुमति माग्नुपर्ने, सैद्धान्तिक छलफल हुनुपर्ने, यति दिनभित्र समितिबाट प्रतिवेदन पेस गरी सदनमा आइसक्नुपर्ने भनेर समय तोकेर जाने व्यवस्था गरौं ।’ यसका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली संशोधन गरे पुग्ने लेखकले बताए ...
लगानीका क्षेत्र र सम्भावना हुँदाहुँदै बैंकमा पैसा थुपारेर ब्याज खाने प्रवृत्ति बढ्यो

लगानीका क्षेत्र र सम्भावना हुँदाहुँदै बैंकमा पैसा थुपारेर ब्याज खाने प्रवृत्ति बढ्यो

Breaking news 3, जीवनशैली, पत्रपत्रिका, समाचार, समाज
बुटवल उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई उत्पादन क्षेत्रमा लगानीका लागि आह्वान गरेका छन् । लगानीका क्षेत्र र सम्भावनाहरु प्रसस्त हुँदाहुँदै पनि बैंकमा पैसा जम्मा गरेर राख्ने प्रवृत्ति हाबी भएको बताउँदै उनले पूँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।  नेपालका ठूला उद्योगीहरुनै निजी बैंकको सञ्चालक रहेको बताउँदै उनले राष्ट्र बैंकमा पैसा थुपारेर ब्याज उठाउने प्रवृत्ति बिकास हुँदै गएकोप्रति दुःख व्यक्त गरे । सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै उनले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे । वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका नीति, कार्यक्रम तथा बजेटलाई नै कार्यान्वयन गरिरहेका कारण धेरै कुराहरु असहमति र सुधार गर्नुपर्ने आश्यकता समेत रहेको उल्लेख गरे । नीतिगत रुपमै...
विद्युत प्राधिकरणद्वारा उद्योगहरुमा काटेको बिजुली पुन: जडान

विद्युत प्राधिकरणद्वारा उद्योगहरुमा काटेको बिजुली पुन: जडान

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो ।डेडिकेटेड र ट्रंकलाइन बापतको बक्यौता नतिरेको भन्दै प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ । ...
सहकारी ठगीका रवि लामिछानेसहित सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार

सहकारी ठगीका रवि लामिछानेसहित सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ। ‘सहकारी ठगीका अभियुक्तहरूको बैंक खाता, सेयर, जग्गाजमिन लगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिसकेका छौं,’ ती अधिकारीले भने। कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले भने यस विषयमा खुलाउन चाहेनन्। अभियुक्त उपर अनुसन्धान भइरहेकाले खुलाउन नमिल्ने उनको तर्क छ।  पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौथो पटक म्याद थप्ने क्रममा कास्कीका जिल्ला न्यायाधीश नवराज दाहालले अभियुक्तको सम्पत्ति रोक्का भए/नभएको र बिगो के छ भनेर प्रश्न राखेका थिए।  इजलासमा न...
गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाण्डौ सर्वोच्च अदालतले पांच बर्ष कैद सजाय सुनाएका गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्। काठमाडौंको सानोभर्याङबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा बुझाउने छ। ‘उहाँलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ल्याउँदैछौं,’ एसपी होविन्द्र बोगटीले भने। ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो। ...
रवि लामिछानेलाई  बयानका लागि भैरहवा ल्याइयो

रवि लामिछानेलाई  बयानका लागि भैरहवा ल्याइयो

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएको छ । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका लामिछानेलाई दिउँसो पौने १ बजे भैरहवा ल्याइएको हो । उनलाई बुद्ध एयरको जहाजबाट दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिल्ला सरकारी वकील कार्यालयमा रुपन्देहीमा पुर्‍याइएको छ । बिहानैबाट भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । विमानस्थल गेट बाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा विगत २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याइएको रुपन्दे...
हरिबोधिनी एकादशी, आज तुलसी र दामोदरको विवाह गरी मनाइँदै

हरिबोधिनी एकादशी, आज तुलसी र दामोदरको विवाह गरी मनाइँदै

Breaking news 2, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 बुटवल हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभ...