सर्वाधिक कर तिर्ने करदातालाई सरकारले गर्यो सम्मान


काठमाण्डौ

सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ।कर दिवसको अवसर पारेर आन्तरिक राजस्व बिभागले आयोजना गरेको कार्यक्रममा गत आर्थिक वर्षमा  विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ।

यसपटक सबैभन्दा बढी कर तिर्नेमा नेपाल दुरसञ्चार कम्पनी देखि, लुम्विनी मेडिकल कलेज र भाटभटेनी सुपर मार्केट सम्म छन्।  

यी हुन् १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता

सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ : नेपाल दूरसञ्चार कम्पनी ९नेपाल टेलिकम० निकाय

एकलौटी फर्महरुतर्फ : सुर्ति ट्रेडर्स

सूचना प्रविधितर्फ : कोडावतार टेक प्रालि

निर्यात कारोबार : डाबर नेपाल प्रालि

कृषि एवम् पशुजन्य : पतञ्जली आयुर्वेद प्रालि

बैंक तथा वित्तीय संस्था : नबिल बैंक लिमिटेड

स्वास्थ तथा शिक्षा : लुम्बिनी मेडिकल कलेज

पर्यटन : तारागाउँ रिजेन्सी

वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता : सिडियस एण्ड क्लियरिङ् लिमिटेड

ऊर्जा : भोटेकोसी पावर कम्पनी

रेमिटेन्स : सिटी एक्सप्रेस

व्यक्तिगत आयकर : राजबहादुर साह

मूअक समयमा तिर्नेमध्ये : होङ्सी सिमेन्ट

५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये :  सोल्टी होटेल

विशेष उद्योग :  वरुण वेभरेज प्राली

छुटाउनुभयो कि ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...
आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...