वडालाई सम्बृद्द बनाउने सपना छ : मुसिकाेट नगरकाे वडाअध्यक्षका उम्मेदवार थापा


गुल्मी

२०७९ सालको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको मृत्यु वा विविध कारणले रिक्त रहेका क्षेत्रमा यही मंसिर १६ गते उपनिर्वाचन हुंदैछ । जस अन्तर्गत गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका १ नम्बर वडामा २०७९ सालमा निर्वाचित वडा अध्यक्ष काे मृत्यु भए पश्चात् रिक्त रहेकाे उक्त वडामा यहि मंसिर १६ गते उपनिर्वाचन हुंदैछ।

उक्त वडामा ४ हजार ९१ मतदाता रहेका छन् भने ३ मतदान स्थल रहनेछन्। नेकपा एमालेको तर्फबाट पार्टीमा नगर कमिटी ,वडाअध्यक्ष लगायत विभिन्न तहमा रहेर नेतृत्व गरी पार्टीलाई योगदान गरेका दलबहादुर थापा उम्मेदवार बनेका छन्।

वडा अध्यक्षका प्रत्याशी थापाले शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सडक पूर्वाधार ,पर्यटन ,कृषि ,स्वरोजगार ,रोजगार जस्ता क्षेत्रको विकास गरी वडालाई समृद्ध बनाउने सपना बोकेका छन् ।

संचार पत्रसँगको कुराकानीमा थापाले ”आफू २०७४ सालको निर्वाचनमा उक्त वडाबाट वडा सदस्यमा निर्वाचित भएर केही काम गरेको कार्यअनुभव र आफूले देखेका योजनाहरू पूरा गर्न वडा अध्यक्षको उम्मेदवारी दिएको बताए।”

उनि वडामा नगर वडापत्रको कार्यान्वयन ,सुशासन ,सेवाग्राहीहरुलाई प्रशिक्षित गर्ने र वडामा आएका कामहरूलाई तत्काल सम्बोधन गर्ने योजनामा छन्। वडाले योजना बनाएका तर कार्यान्वयन नभएका योजनाहरू पूरा गर्ने पहिलो प्राथमिकता रहेको छ।

वडामा सरकारले उपलब्ध गराएका उपचार र औषधि मुलो वडाबासीलाई उपलब्ध गराउने ,स्वास्थ्य सेवा केन्द्रलाई चुस्त दुरुस्त राख्ने, वडा भौगोलिक हिसाबले पाहेक नपर्ने ठाउँहरूलाई सेवा केन्द्रबाट सहजीकरण गर्ने, स्वास्थ्य उपचार नपाएर वडावासीलाई मृत्युवरण गर्नु नपर्ने गरी अगाडि बढ्ने योजना उनका छन्।

वडामा रहेका सरकारी विद्यालयलाई भौतिक पूर्वाधार ,ग्रेडवृद्धि ,जनशक्तिको अभाव हुन नदिने ,विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएका विद्यालयलाई मर्ज गर्ने ,वडाउन्मुख प्राविधिक शिक्षालाई समावेश गर्ने योजना उनको छ ।

वडाको एक घर एक धाराको अवधारणा पुरा नभएकोमा सम्पन्न गर्ने , मुलकाे पानी पुर्याउन संभव नभएका स्थानमा लिफ्टिङ प्रणालीबाट पिउने र सिंचाईका लागि पानी उपलब्ध गराउने उनको योजना छ।

वडामा आलु खेती ,किबी खेती ,ड्रागन खेती जस्ता हावा र माटोपानी अनुकूलका कृषिजन्य उपजलाई प्राथमिकतामा राखी काम गर्ने उनको योजना छ ।

पर्यटनलाई प्राथमिकतामा राखेर वडामा रहेको छत्रभूमि मन्दिर ,तीसीचुलो ,श्रङ्गा पहाड ,छहरी खोला जस्ता स्थलहरूलाई स्तर वृद्धि गरी पर्यटकीय क्षेत्र बनाउने र पर्यटकलाई खान बस्नको सुविधाका लागि होटल तथा रेस्टुरेन्ट खोलेर व्यवसायीहरुलाई अवसर दिने योजना उनको छ।

इतिहास बोकेका पुराना सम्पदाहरुलाई संरक्षण गर्ने दिगो विकास उनको प्राथमिकतामा रहेको छ। अध्ययन तथा रोजगारका लागि विदेश पलायन बढ्दो रहेकोले गुणस्तरीय शिक्षा ,स्वरोजगार ,रोजगार ,स्वास्थ्य, शिक्षामा पहुँच पुर्‍याउने वातावरण सिर्जना गर्ने ,अध्ययनसँगै रोजगार गर्न सकिने वातावरण सिर्जना गर्ने उनकाे योजना छ।

उनी अनुभवि र इच्छाशक्ति भएका उमेद्वार भएका कारण मददाता उत्साहित छन् ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...