वडालाई सम्बृद्द बनाउने सपना छ : मुसिकाेट नगरकाे वडाअध्यक्षका उम्मेदवार थापा


गुल्मी

२०७९ सालको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको मृत्यु वा विविध कारणले रिक्त रहेका क्षेत्रमा यही मंसिर १६ गते उपनिर्वाचन हुंदैछ । जस अन्तर्गत गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका १ नम्बर वडामा २०७९ सालमा निर्वाचित वडा अध्यक्ष काे मृत्यु भए पश्चात् रिक्त रहेकाे उक्त वडामा यहि मंसिर १६ गते उपनिर्वाचन हुंदैछ।

उक्त वडामा ४ हजार ९१ मतदाता रहेका छन् भने ३ मतदान स्थल रहनेछन्। नेकपा एमालेको तर्फबाट पार्टीमा नगर कमिटी ,वडाअध्यक्ष लगायत विभिन्न तहमा रहेर नेतृत्व गरी पार्टीलाई योगदान गरेका दलबहादुर थापा उम्मेदवार बनेका छन्।

वडा अध्यक्षका प्रत्याशी थापाले शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सडक पूर्वाधार ,पर्यटन ,कृषि ,स्वरोजगार ,रोजगार जस्ता क्षेत्रको विकास गरी वडालाई समृद्ध बनाउने सपना बोकेका छन् ।

संचार पत्रसँगको कुराकानीमा थापाले ”आफू २०७४ सालको निर्वाचनमा उक्त वडाबाट वडा सदस्यमा निर्वाचित भएर केही काम गरेको कार्यअनुभव र आफूले देखेका योजनाहरू पूरा गर्न वडा अध्यक्षको उम्मेदवारी दिएको बताए।”

उनि वडामा नगर वडापत्रको कार्यान्वयन ,सुशासन ,सेवाग्राहीहरुलाई प्रशिक्षित गर्ने र वडामा आएका कामहरूलाई तत्काल सम्बोधन गर्ने योजनामा छन्। वडाले योजना बनाएका तर कार्यान्वयन नभएका योजनाहरू पूरा गर्ने पहिलो प्राथमिकता रहेको छ।

वडामा सरकारले उपलब्ध गराएका उपचार र औषधि मुलो वडाबासीलाई उपलब्ध गराउने ,स्वास्थ्य सेवा केन्द्रलाई चुस्त दुरुस्त राख्ने, वडा भौगोलिक हिसाबले पाहेक नपर्ने ठाउँहरूलाई सेवा केन्द्रबाट सहजीकरण गर्ने, स्वास्थ्य उपचार नपाएर वडावासीलाई मृत्युवरण गर्नु नपर्ने गरी अगाडि बढ्ने योजना उनका छन्।

वडामा रहेका सरकारी विद्यालयलाई भौतिक पूर्वाधार ,ग्रेडवृद्धि ,जनशक्तिको अभाव हुन नदिने ,विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएका विद्यालयलाई मर्ज गर्ने ,वडाउन्मुख प्राविधिक शिक्षालाई समावेश गर्ने योजना उनको छ ।

वडाको एक घर एक धाराको अवधारणा पुरा नभएकोमा सम्पन्न गर्ने , मुलकाे पानी पुर्याउन संभव नभएका स्थानमा लिफ्टिङ प्रणालीबाट पिउने र सिंचाईका लागि पानी उपलब्ध गराउने उनको योजना छ।

वडामा आलु खेती ,किबी खेती ,ड्रागन खेती जस्ता हावा र माटोपानी अनुकूलका कृषिजन्य उपजलाई प्राथमिकतामा राखी काम गर्ने उनको योजना छ ।

पर्यटनलाई प्राथमिकतामा राखेर वडामा रहेको छत्रभूमि मन्दिर ,तीसीचुलो ,श्रङ्गा पहाड ,छहरी खोला जस्ता स्थलहरूलाई स्तर वृद्धि गरी पर्यटकीय क्षेत्र बनाउने र पर्यटकलाई खान बस्नको सुविधाका लागि होटल तथा रेस्टुरेन्ट खोलेर व्यवसायीहरुलाई अवसर दिने योजना उनको छ।

इतिहास बोकेका पुराना सम्पदाहरुलाई संरक्षण गर्ने दिगो विकास उनको प्राथमिकतामा रहेको छ। अध्ययन तथा रोजगारका लागि विदेश पलायन बढ्दो रहेकोले गुणस्तरीय शिक्षा ,स्वरोजगार ,रोजगार ,स्वास्थ्य, शिक्षामा पहुँच पुर्‍याउने वातावरण सिर्जना गर्ने ,अध्ययनसँगै रोजगार गर्न सकिने वातावरण सिर्जना गर्ने उनकाे योजना छ।

उनी अनुभवि र इच्छाशक्ति भएका उमेद्वार भएका कारण मददाता उत्साहित छन् ।

छुटाउनुभयो कि ?

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई ...
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौंसुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...