आविष्कार केन्द्रले गर्यो सरकारी अस्पतालका ५ सय उपकरण मर्मत
काठमाडौँ
राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि थन्किएका ४ सय ८४ उपकरण मर्मत गरेको छ । करिब २४ करोड ३० लाख मूल्य पर्ने ती उपकरण मर्मतपछि प्रयोग हुन थालेका छन् ।
केन्द्रले न्यूनतम खर्चमा ३६ भेन्टिलेटर, २३ डायलासिस मेसिन, ७ एनेस्थेसिया मेसिन, १० भिडियो एक्सरे १० र ८ अटो क्लेभ मेसिन मर्मत गरेको छ । ब्लडप्रेसर मनिटर १८, ईसीजी मेसिन ३० र पेसेन्ट मनिटर ५५ वटा पनि मर्मतपछि सञ्चालनमा आएका छन् ।
डेन्टल तथा सर्जिकल सामान रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, आईसीयू/सीसीयूका सामान पनि मर्मत गरिएको छ । वटी लाइट/टेबल, इन्फ्युजन पम्प, आईसीयू/पेसेन्ट बेड, माइक्रोस्कप, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, मुटुलाई सामान्य लयमा ल्याउन प्रयोग गरिने डिफिब्रिलेटरलगायत मेसिन पनि केन्द्रले मर्मत गरिदिएको छ ।
आविष्कार केन्द्रले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्र...








