समाज

१५ शैयाको गुल्मीको चन्द्रकोट अस्पताल संचालनमा

१५ शैयाको गुल्मीको चन्द्रकोट अस्पताल संचालनमा

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा बनेको १५ शैयाको आधारभूत अस्पताल संचालन भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा बनेको अस्पताल बिहीबारबाट संचालनमा आएको हो । त्यसपछि गाउँपालिकाले मेडिकल अधिकृतको व्यवस्थापन गरी अस्पताल संचालनमा ल्याएको हो । गाउँपालिकाले गरेको विज्ञापनमार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रबृत्ती करारमार्फत डाक्टर अरुण गैरेलाई नियुक्ती गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरे लगायत ओपिडी सेवाहरु संचालन हुनेछन् । जिल्लामा सबैभन्दा पहिले निर्माण व्यवसायी विजय खनालले गुल्मीदरबारमा डिकोई अर्जुन न्यू लिजा र चन्द्रकोट गाउँपालिकामा तुल्सिभक्त अर्जुन व्युल्डर्स जेभीमार्फत अस्पताल निर्माणको काम सक्नुभएको थियो । गुल्मीदरबारमा भने यसभन्दा पहिले नै अस्पताल संचालन भइसकेको छ । गाउँपालिका उपाध्यक...
प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्दै

प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै छिन्। परराष्ट्र मन्त्रालयको स्रोतले दिएको जानकारीअनुसार यसका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक राख्दै छिन्। बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने छिन्।‘कूटनीतिक समुदायलाई अहिलेको अवस्था, आसन्न निर्वाचन, अपेक्षित सहयोग, हामीले गर्न खोजेका कामहरू, लगानी, पर्यटनका विषयमा प्रधानमन्त्रीज्यूले ब्रिफिङ गर्नुहुन्छ’, स्रोतले भन्यो। जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तिरम सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाच...
सगरमाथा लगायतका क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो

सगरमाथा लगायतका क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, माैसम, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसगरमाथा क्षेत्रबाट विनाशकारी हिमबाभढी आउने जोखिम बढ्दै गएको विज्ञहरुले जनाएका छन् । सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष आएको हिमबाढीको अध्ययनबाट विज्ञहरुले यो निष्कर्ष निकालेका हुन् । अध्ययनबाट सोलुखुम्बुको थामे क्षेत्रमा आएको हिम बाढी (ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) ‘जटिल प्रकारको भू-आकृतिको श्रृंखला’मा जलवायु परिवर्तनले गरेको असरका कारण विनाशकारी बनेको निष्कर्ष निकालिएको छ ।अध्ययनले दुधकोसी नदी बेसिन र सगरमाथा क्षेत्रलाई ‘हिमताल फुट्ने बाढीका लागि अति संवेदनशील क्षेत्र’ भनेर किटान समेत गरेको छ, जहाँ पछिल्ला ५० वर्षभित्र पाँच ठूला हिमताल विष्फोटका कारण विनासकारी बाढीका घटना भइसकेका छन्तीमध्ये थामेको बाढी पनि एक थियो । यसैगरी गत असार २४ गते बिहान तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोला हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पनि हिमताल फुटेकै कारण आएको विज्ञहरु...
एमाले केन्द्रीय कमिटी बैठक : आजै अध्यक्ष ओलीले जवाफ दिने

एमाले केन्द्रीय कमिटी बैठक : आजै अध्यक्ष ओलीले जवाफ दिने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । तेस्रो दिन आज पनि बिहान ८ बजेबाट बैठक सुरु हुने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ । पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् । ...
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ । आज बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानका।री दिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेको मुख्यसचिव पौडेलले बताए ।हिजोको बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राखेका थिए । यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो विशेष मन्तव्य ...
सरकारी सुविधामा अध्ययन गरेका चिकित्सकलाई निजीमा काम नगर्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन

सरकारी सुविधामा अध्ययन गरेका चिकित्सकलाई निजीमा काम नगर्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रूपन्देही लुम्बिनी प्रदेश सरकारले छात्रवृत्तिमा अध्ययन गरेर करारमा विभिन्न सरकारी अस्पतालहरूमा कार्यरत चिकित्सकहरूलाई बाहिर क्लिनिकहरूमा काम गर्न नदिने भएको छ ।स्वास्थ्य मन्त्रालयले बुधवार सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाहरूमा चिकित्सा शास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्त लिएर सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई बाहिर काम नगर्न निर्देशन गरेको हो । प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डाक्टरहरू सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले त्यसको सुनुवाइ गर्न थालेको बताए ।‘छात्रवृत्तिमा पढ्ने डाक्टरहरूका लागि सरकारले ठुलो लगानी गरेको छ, त्यसमाथि निश्चित तलब दिएर काममा खटाएको हो,’ उनल...
मधेस प्रदेशमा मुख्यमन्त्रीपछि २ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

मधेस प्रदेशमा मुख्यमन्त्रीपछि २ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिष पटेलले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । यसअघि आजै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले मुख्यमन्त्री पदको शपथ लिएका थिए । उनी पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । लोसपा नेपालको नेतृत्वमा गठन भएको नयाँ मधेस प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहभागी रहेका छन् । ...
निर्वाचन आयोगमा फागुन २१ को निर्वाचन बारे दलहरुसँग छलफल

निर्वाचन आयोगमा फागुन २१ को निर्वाचन बारे दलहरुसँग छलफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोग बोलाएको आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूसँगको छलफल शुरु भएको छ ।आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधिहरु सहभागी रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन गर्दा नै राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यादेश...
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।भारतबाट आयात भएका इन्धनमा पेट्रोल २.५६ रुपैयाँ र डिजेल २५ पैसाले सस्तो आएकोले निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।मूल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ पुगेको निगमले जनाएको छ । ...
पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च

पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जनाएको छ । डब्ल्यूएमओले बुधबार सार्वजनिक गरेको नयाँ विश्लेषणमा चेतावनी दिँदै भनेको छ- यो प्रवृत्तिले पृथ्वीको तापक्रम अझ बढ्ने दिशामा लैजाँदैछ ।आगामी वार्षिक जलवायु सम्मेलन (कोप–३०) अघि प्रकाशित रिपोर्टमा उल्लेख भएअनुसार मानव गतिविधिबाट हुने कार्बन उत्सर्जन, आगजनीका घटनाहरू लगायतका कारण १९६० को दशकको तुलनामा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर अहिले तीन गुणा बढी भइसकेको छ ।१९६० को दशकमा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर प्रतिवर्ष औसत ०.८ पार्ट्स पर मिलियन (पीपीएम) रहेकोमा सन् २०११–२०२० मा २.४ पीपीएम पुगेको थियो ।तर सन् २०२३ र २०२४ को बीचमा यो दर फेरि बढ्दै ३.५ पीपीएम पुगेको छ । यो सन् १९५७ देखि निगरानी थालिएयता अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो ...