प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्दै


काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै छिन्।

परराष्ट्र मन्त्रालयको स्रोतले दिएको जानकारीअनुसार यसका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक राख्दै छिन्।

बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने छिन्।
‘कूटनीतिक समुदायलाई अहिलेको अवस्था, आसन्न निर्वाचन, अपेक्षित सहयोग, हामीले गर्न खोजेका कामहरू, लगानी, पर्यटनका विषयमा प्रधानमन्त्रीज्यूले ब्रिफिङ गर्नुहुन्छ’, स्रोतले भन्यो।

जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तिरम सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु हो।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...