सरकारी सुविधामा अध्ययन गरेका चिकित्सकलाई निजीमा काम नगर्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन


रूपन्देही
लुम्बिनी प्रदेश सरकारले छात्रवृत्तिमा अध्ययन गरेर करारमा विभिन्न सरकारी अस्पतालहरूमा कार्यरत चिकित्सकहरूलाई बाहिर क्लिनिकहरूमा काम गर्न नदिने भएको छ ।
स्वास्थ्य मन्त्रालयले बुधवार सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाहरूमा चिकित्सा शास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्त लिएर सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई बाहिर काम नगर्न निर्देशन गरेको हो ।

प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डाक्टरहरू सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले त्यसको सुनुवाइ गर्न थालेको बताए ।
‘छात्रवृत्तिमा पढ्ने डाक्टरहरूका लागि सरकारले ठुलो लगानी गरेको छ, त्यसमाथि निश्चित तलब दिएर काममा खटाएको हो,’ उनले भने, ‘जति तलब छ, त्यो अनुसारको सेवा उपलब्ध गराउनै पर्छ ।’ उनले सबैतिरबाट यसको गुनासो आएपछि पहिलो चरणमा विशेषज्ञ क्षेत्रमा करारमा रहेका डक्टरबाट सुरु गरिएको उनले बताए ।
मन्त्रालयका महाशाखा प्रमुख नीदनारायण चौधरीले सरकारी शिक्षण संस्थाहरूमा चिकित्सा शास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम नियुक्त भई प्रदेशका अस्पतालमा कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकहरूले उक्त कार्यविधिको दफा १६ को उपदफा १ (ज) मा सेवा अवधिभर निजीरुपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने प्रावधान रहेको र उपदफा ३ मा उपदफा १ (ज) को प्रावधानको उल्लंघन गरेमा निजको लाइसेन्स निलम्बन गरिने व्यवस्था भएको जानकारी गराइएको बताए ।

कार्यविधिमा सरकारको निर्देशन अटेर गर्ने चिकित्सकको लाइसेन्स नै खारेज गर्न सक्ने प्रावधान छ । ‘त्यसैले सरकारको निर्देशन कार्यान्वयनका लागि अस्पचालहरुलाई कडाइका साथ पत्राचार गरेका छौँ,’ उनले भने, ‘१५ दिन भित्र पुनः अनुगमन गरेर निर्देशन कार्यान्वयनमा लैजाने र गुनासोको सम्बोधन गर्ने तयारीमा छौँ ।’

छात्रवृत्तिमा अध्ययन गरेर करार नियुक्त लिएका चिकित्सकहरूले बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, बाँके लगायत तराईका जिल्लामा सरकारी सेवामा भन्दा बढी निजी क्लिनिकहरूमा समय दिने गरेको गुनासो मन्त्रालयमा आएको उनले बताए । लुम्बिनी प्रदेशमा झन्डै १ सय चिकित्सक छात्रवृत्ति सुविधा लिएर अहिले १ वर्षे करारमा कार्यरत रहेका छन् ।

छुटाउनुभयो कि ?

बुटवल-नारायणगढ सडक : दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम अवस्थामा

बुटवल-नारायणगढ सडक : दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम अवस्थामा

बुटवलनारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । ...
रुपन्देहीको तिलोत्तमा-५ मा १८–४० वर्षका युवायुवतीका लागि ड्राइभिङ तालिम सुरु

रुपन्देहीको तिलोत्तमा-५ मा १८–४० वर्षका युवायुवतीका लागि ड्राइभिङ तालिम सुरु

बुटवलरुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ को आयोजनामा १८ देखि ४० वर्षसम्मका युवायुवती लक्षित ड्राइभिङ तालिम कार्यक्रमको ...
कक्षा १२ को परीक्षा आजदेखि: ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि: ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुँदै

काठमाडौँकक्षा १२ को परीक्षा आजदेखि सुरु हुदैछ । कक्षा १२ को आजदेखि सुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी...
बुद्धजयन्तीमा प्रधानमन्त्री बालेन्द्र शाह लुम्बिनी आउने

बुद्धजयन्तीमा प्रधानमन्त्री बालेन्द्र शाह लुम्बिनी आउने

काठमाडौं२५७०औँ बुद्धजयन्तीको पावन अवसरमा आगामी १८ वैशाखमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (...