शिक्षा

एमाले महाधिवेशन : साढे २१ घन्टामा मतदान सकियो, ३६ जनाले भोट हालेनन्

एमाले महाधिवेशन : साढे २१ घन्टामा मतदान सकियो, ३६ जनाले भोट हालेनन्

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेकपा (एमाले)को एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।बुधबार बिहानदेखि सुरु भएको मतदान बिहीबार बिहान सबेरै सकिएको हो। एमालेका कुल दुई हजार दुई सय ६३ मतदातामध्ये दुई हजार दुईसय २७ मत मात्रै खसेको छ। विभिन्न कारणले ३६ जना मतदाता उपस्थित हुन नसकेका निर्वाचन आयोगले जनाएको छ।बुधबार बिहान नौ बजेर २० मिनेटमा मतदान सुरु भएको थियो। ८० वटा विद्युतीय मेसिनबाट भएको मतदान सकिन साढे २१ घन्टा लागेको छ। ...
बुटवलको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन विहिबार अर्थमन्त्री खनालले गर्ने

बुटवलको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन विहिबार अर्थमन्त्री खनालले गर्ने

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज (विहीवार)देखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ शुरु हुँदैछ । प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले गनर््ुं हुनेछ । प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको र दिउँसो २.१६ वजे हुनेछ ।बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरु रहने छन् । त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ ।प्रदर्शनीको पुर्वसन्ध्यामा बुधवार औद्योगिक जनचेतना ¥याली निकालिएको छ । प्रदर्शनीस्थल बुटवल मण्डपबाट शुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पता...
जेनजी आन्दोलन पीडितलाई नि:शुल्क वैदेशिक रोजगार

जेनजी आन्दोलन पीडितलाई नि:शुल्क वैदेशिक रोजगार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेशमा काम गर्न चाहनेका लागि सिपमूलक तालिम पनि प्रदान गर्ने तयारी गरेको छ । तालिम लिएपछि चाहने व्यक्तिहरूलाई आन्तरिक रोजगारीमा जोड्ने वा वैदेशिक रोजगारीमा पठाउने योजना बनाइएको छ।नवनियुक्त श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीको निर्देशनअनुसार मन्त्रालयले जेनजी रोजगार सहजीकरण संयन्त्र निर्माण गरी परिवारलाई मर्यादित र सुरक्षित रोजगारी अवसर उपलब्ध गराउने तयारी गरेको छ। वैदेशिक रोजगारीमा पठाउन वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय गर्ने व्यवस्था पनि तय भएको छ। जेनजी आन्दोलनमा करिब २ हजार ५०० जना घाइते भएका छन् भने ७६ जनाको मृत्यु भएको थियो । सरकारले आन्दोलनलाई जनआन्दोलन मान्यता दिएको छ र १० बुँदे सहमति अनुसार घाइते तथा शहीद...
कान्ति मावि बुटवलको ७२औं बार्षिकोत्सव सम्पन्न:बुटवल शिक्षामा देशकै उत्कृष्ट,थप व्यवस्थित वनाउन नगरको ठुलो लगानी: नगर प्रमुख पाण्डे

कान्ति मावि बुटवलको ७२औं बार्षिकोत्सव सम्पन्न:बुटवल शिक्षामा देशकै उत्कृष्ट,थप व्यवस्थित वनाउन नगरको ठुलो लगानी: नगर प्रमुख पाण्डे

Breaking news 2, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीबुटवलको कान्ति माध्यमिक विद्यालयले ७२औं बार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न गरेको छ।कार्यक्रममा वोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक र संस्थागत दुवै विद्यालय देशकै उत्कृष्ट रहेको र थप व्यवस्थित वनाउन नगरले सवै भन्दा ठुलो लगानी शिक्षामा गरेको वताएका छन्।पाण्डेले देशका विभिन्न विद्यालयहरु व्यवस्थित हुंदा विद्यार्थी नभएको अवस्था आउनु साझा चुनौती रहेको र माटो सुहाउँदो, प्राविधिक र रोजगार मुलक शिक्षामा महत्व दिन आवस्यक रहेको धारणा राखे ।बुटवलका उत्कृष्ट विद्यालयमा विद्यालयका संरचना लगाएतका क्षमता भन्दा बढी विद्यार्थी आउने गरेको र भर्नाहुन नपाउने अवस्था रहेको वताए ।उनले शिक्षाकै लागि देशका टाढा टाढाका विद्यार्थीहरु पनी धैरै आउने गरेको र यसले शिक्षा क्षेत्रमा मात्र नभएर समग्र बुटवल नै चलायमान हुने वताए।बुटवलको सम्बृद्धिका लागी शिक्षा लगायतका ...
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, अर्को साता ओली–लेखकको बयान लिइने

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, अर्को साता ओली–लेखकको बयान लिइने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री९केपी शर्मा ओली० र पूर्वगृहमन्त्री९रमेश लेखक० लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे । जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्ध...
आजको मौसम

आजको मौसम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश बागमती प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ भने आज राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ । ...
एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) चुनाव हुँदै छ।पटकपटक सारिएको मतदान आज बिहान ८ बजे सुरु गर्ने जानकारी एमाले नेताहरूले मंगलबार राति नै दिएका हुन्। मतदान एमालेको ११औँ महाधिवेशन जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ। एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्। ...
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो ।प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ मसान्तभित्रमा प्रस्ताव पेस गरिसक्नुपर्नेछ । “प्रदेश र स्थानीय तहले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव पेस गनुपर्नेछ”, आयोगले प्रस्ताव माग गर्दै भनेको छ, “प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्राथमिकीकरणसहितको सिफारिस तथा प्रदेश सरकारको सिफारिस र स्थानीय तहको हकमा कार्यपालिकाबाट सिफारिस चाहिने छ”, आयोगले भनेको छ । ...
१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलको तयारी पूरा, स्वदेशी उत्पादनमात्र प्रवर्द्धन गरिने मेलामा८ लाखले अवलोकन गर्ने विश्वास

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलको तयारी पूरा, स्वदेशी उत्पादनमात्र प्रवर्द्धन गरिने मेलामा८ लाखले अवलोकन गर्ने विश्वास

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको “१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२” तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ । स्टल निर्माणको सबै काम अन्तिम तयारीमा पुगेको छ । “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” नाराका साथ आयोजना हुन लागेको महोत्सवको पूर्वसन्यामा भोलि जनचेतना ¥याली गरिने आयोजकले जानकारी दिएका छन । पुस ३ गते दिउँसो २ः१६ मा उद्घाटन कार्यक्रम राखिएको छ ।बुटवल स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन् । हालै निर्माण सम्पन्न ...
विदेशमा अध्ययन गर्न जानेले चार महिनामा लगे ४२ अर्ब ९६ करोड

विदेशमा अध्ययन गर्न जानेले चार महिनामा लगे ४२ अर्ब ९६ करोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंदेशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा...