शिक्षा

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा पनि जारी

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा पनि जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि आजदेखि देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु मतदानमा सहभागी भएका छन् । यसै बीच बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुक्रबार मतदान भएको छ । यस अस्पतालमा भोलि शनिबार पनि मतदान जारी रहनेछ ।देशका विभिन्न अस्पतालहरुमा मतदानस्थल तोकिएका छन् । जस अन्तरगत रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते हुने मतदानका लागि कतै शुक्रबार मात्र, कतै शनिबार मात्र र कतै दुवै दिन मतदान हुने व्यवस्था गरिएको छ। निर्वाचन समितिका अनुसार ८ स्थानमा आज शुक्रबार मात्र मतदान भएको छ भने ३ स्थानमा भोलि शनिबार मतदान हुँदैछ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेन्डेन डा. ईन्द्र ढकालका अनुसार यस केन्द्रमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभ...
मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौंप्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बिहानैदेखि बोक्लो हुस्सु सहित शीतलहर चलेपछि शुक्रबार विमानस्थलहरु खुल्न नसकेका हुन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज मध्यान्हसम्म उडान हुन नसकेको बुद्ध एयरले जनाएको छ ।तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले हजारौं यात्रु प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक तर्मिनलमा यात्रुहरुको भीड लागेको छ । ...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाण्डौ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अरु ठाउँमा भने मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ...
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेगरी बोलाइएको छ ।नेकपा एमालेको ११औं महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएपनि ओली पक्षले अधिकांश पद जितेको छ । १९ सदस्यीय पदाधिकारीमा ओली पक्षका १७ जना विजयी भए भने पोखरेल पक्षका २ जना विजयी भएका छन् । त्यस्तै केन्द्रीय कमिटीमा पनि ओली पक्षको बर्चश्व कायम रहेको छ । ...
कालिका कप २०८२: भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

कालिका कप २०८२: भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलकालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै खेल सकीएका छन् । विहिबार विद्यालयमा भएको जिल्ला स्तरिय मावि छात्र भलिवल प्रतियोगीतामा ७ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन् । पहिलो खेल अक्सफोर्ड मावि र सगरमाथा माविका विचमा भएकोमा २–० ले अक्सफोर्ड विजयी भएको छ । यस्तै एभरेष्ट मावि र मणिमुकुन्दका विचमा भएको खेलमा मणिमुकुन्द सोझो सेटमा विजयी भएको छ ।न्यु होराईजन र उजिरसिंह माविका विचमा भएकोमा सोझो सेटमा न्यु होराईजन विजयी भएको छ । यस्तै कालिका मानवज्ञान मावि र सैनामैना माविका विचमा भएको खेलमा सैनामैना मावि २–१ सेटले विजयी भएको छ ।दिप बोर्डीङ्ग मावि र देवदह पब्लिका विचमा भएकोमा देवदह पब्लिक मावि सोझो सेटले विजयी भएको छ भने सेन्ट जोसेफ र पशुपती माविको विचमा भएको खेलमा ...
रवि लामिछाने धरौटीमा रिहा भएपछि राजनीतिक प्रतिशोध खारेज भएको रास्वपाको प्रतिक्रिया

रवि लामिछाने धरौटीमा रिहा भएपछि राजनीतिक प्रतिशोध खारेज भएको रास्वपाको प्रतिक्रिया

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पार्टीले अदालतले राजनीतिक प्रतिशोध खारेज गरेको प्रतिक्रिया दिएको छ ।पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको निर्णयले राजनीतिक प्रतिशोध खारेज भएकाले अब स्वच्छ राजनीति अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । ‘अदालतको निर्णयले राजनीतिक प्रतिशोध खारेज भयो । अब स्वच्छ राजनीति अगाडि बढाउँछौँ,’ महामन्त्री बुर्लाकोटीले प्रतिक्रिया दिँदै भने, ‘अदालतले न्याय दिएको छ । धरौटीबापतको बिगो रकम पहिला नै बुझाइ सकेकाले आजै रिहा हुने अपेक्षा गरेका छौँ ।’ ...
अहिले सरकारको प्रमुख काम निर्वाचन गराउनु हो: अर्थमन्त्री खनाल

अहिले सरकारको प्रमुख काम निर्वाचन गराउनु हो: अर्थमन्त्री खनाल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलअर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म मुलुक अगाडि नबढ्ने हुनाले अहिलेको सरकारको प्रमुख काम निर्बाचन सम्पन्न गर्नू रहेको वताएका छन्।राजनैतिक स्थिरता विना आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन्। उनले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गरे ।रुपन्देही उद्योग संघले विहिबार बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उमुद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताए । ‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छ...
एमालेको महाधिवेशन सम्पन्न, अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित

एमालेको महाधिवेशन सम्पन्न, अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा एमालेको ११औं महाधिवेशन सम्पन्न भएको छ।केपी शर्मा ओली अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत ल्याएका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए । निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । ...
निति निःशुल्क स्वास्थ्य तर सरकारी अस्पतालमै पाइँदैनन् महँगो र बिमाका साढे तीन सय प्रकारका औषधि

निति निःशुल्क स्वास्थ्य तर सरकारी अस्पतालमै पाइँदैनन् महँगो र बिमाका साढे तीन सय प्रकारका औषधि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
श्रीराम ज्ञवालीबुटवलनेपाल सरकारको स्वास्थ्य सेवा ऐनमा धैरै प्रकारका स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने उल्लेख छ। तर सरकारी अस्पतालहरूले उपचार गर्न आएका बिरामीलाई विभिन्न बहाना देखाएर बिमाका समेत सबै औषधि दिने गरेका छैनन् । स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनमा यस्तो भेटिएको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य बिमामा आबद्ध गराउँदा अस्पतालले एक हजार २सय ९८ प्रकारका औषधि राखेकै हुनुपर्छ । तर लेखिएकामध्ये साढे तीन सय प्रकारका औषधि फेला परेनन् । मन्त्रालयका अनुसार ७ सयदेखि ९सय५० प्रकारका औषधि मात्रै अस्पतालले राख्ने गरेका छन् । प्राय सफ्टवेयर बिग्रिँदा र बिमामा समेटिएका औषधि नपाउँदा सरकारी अस्पतालमा बिरामी भौँतारिरहेका हुन्छन् । बिमा सेवा लिँदा दुव्र्यवहार भएको, बिमामा औषधि नपाइएको, सफ्टवेयर नचलेकोलगायत गुनासा सेवाग्राहीले गर्ने गर्ने गर्छन् । मुख्यत: अस्पतालले बिमा सेवा सहज प...
राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधबार सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको हो । आयोगले कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरप...