मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा पनि जारी


बुटवल

नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि आजदेखि देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु मतदानमा सहभागी भएका छन् । यसै बीच बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुक्रबार मतदान भएको छ । यस अस्पतालमा भोलि शनिबार पनि मतदान जारी रहनेछ ।
देशका विभिन्न अस्पतालहरुमा मतदानस्थल तोकिएका छन् । जस अन्तरगत रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते हुने मतदानका लागि कतै शुक्रबार मात्र, कतै शनिबार मात्र र कतै दुवै दिन मतदान हुने व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार ८ स्थानमा आज शुक्रबार मात्र मतदान भएको छ भने ३ स्थानमा भोलि शनिबार मतदान हुँदैछ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेन्डेन डा. ईन्द्र ढकालका अनुसार यस केन्द्रमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभागी हुँदै छन् ।

निर्वाचन समितिका अनुसार कोशी प्रदेशअन्तर्गत मेची प्रादेशिक अस्पताल, भद्रपुर झापा, मधेश प्रदेशअन्तर्गत गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज सप्तरी तथा लहान जिल्ला अस्पताल लहान सिराहा, वागमती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका केन्द्रहरूमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा मकवानपुर, भिम अस्पताल भैरहवा रुपन्देही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पौष ४ गते (शुक्रबार) मात्र मतदान भएका छन् । त्यसैगरी कर्णाली प्रदेशअन्तर्गत सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पौष ४ गते (शुक्रबार) मात्र मतदान हुने भएका छन् ।

जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल नेपालगञ्ज बाँके तथा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पौष ५ गते (शनिबार) मात्र मतदान हुँदैछ । कोशी अस्पताल (ईलाइट क्लब, शनिहाट चौक, विराटनगर-७), विराटनगर मोरङ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी, जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा, नारायणी अस्पताल वीरगञ्ज पर्सा, भरतपुर अस्पताल भरतपुर चितवन, गण्डकी प्रदेशअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा कास्की तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा पौष ४ र ५ गते दुवै दिन मतदान गर्न सकिनेछ।

त्यसैगरी धुलिखेल अस्पताल धुलिखेल काभ्रेमा पौष ११ गते (शुक्रबार) मतदान हुनेछ भने काठमाडौं उपत्यकाअन्तर्गत राष्ट्रिय सभा गृह, भृकुटी मण्डप तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा पौष ११ र १२ गते मतदान हुने छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...