अहिले सरकारको प्रमुख काम निर्वाचन गराउनु हो: अर्थमन्त्री खनाल




बुटवल
अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म मुलुक अगाडि नबढ्ने हुनाले अहिलेको सरकारको प्रमुख काम निर्बाचन सम्पन्न गर्नू रहेको वताएका छन्।
राजनैतिक स्थिरता विना आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन्। उनले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गरे ।
रुपन्देही उद्योग संघले विहिबार बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उमुद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताए । ‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन, यो अवस्थामा निर्वाचनको विकल्प छैन । यसका लागि धेरै दलहरु र छिमेकी देशहरु सकारात्मक छन् ।’-उनले भने, ‘अर्को विकल्प सोच्नु अर्को अनिश्चयको वातावरण बनाउनु हुनेछ, यसमा सबै दलको ध्यान जाओस् ।’
अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको बताए । ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा बिस्तार भएको छ, मुद्रा संचिति बढेको छ, वित्तीय सत्तामा पूँजी संचिति बढेको छ तर लगानीको वातावरण भएन, सूचकको आधार हुनुपर्ने थियो ।’ उनले भने–‘अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लगेको छ, जेनजी आन्दोलन पछिको समयमा केही आर्थिक गतिविधि बिस्तार भएका छन् ।
अर्थमन्त्री खनालले बुटवल पहिलेबाट औद्योगिक हव भएकाले त्यसलाई निरन्तरता दिनका लागि आग्रह गर्दै सरकारले गर्ने समन्वय अघि बढाउने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले उद्योगी व्यवसायीहरुलाई सहज हुनेगरी बजेट निर्माण गरेर कार्यान्वयनमा लगेको बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बुटवलको प्रदर्शनीले धेरैलाई नयाँ सन्देश दिने गरेको बताउँदै आगामी दिनमा पनि स्वदेशी उत्पादनहरुलाई प्राथमिकता दिएर अघि बढाउनुपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डेले उत्पादनमूलक उद्योगहरुको यस्त प्रदर्शनीले प्रवद्धन हुने बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनीका अधयक्ष एजाज आलमले औद्योगिक क्षेत्रको व्यवस्थापनका विषयमा सरकारले काम गर्न नसकेको बताए ।
बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले देशकै आर्थिक केन्द्र रहेको बुटवललाई थप अगाडि वढाउन चाहेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका गौरवका आयोजनाहरू सञ्चालनमा संघीय सरकारले स्थानीय सरकारसँग विकासका योजनामा समन्वय कम गरेको बताउँदै धेरै बजेट फिर्ता गएको विषयमा अर्थमन्त्रीले ध्यानु दिनुपर्ने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पुस १७ गतेसम्म लाग्ने प्रदर्शनीमा उद्योग, कृषि, प्रविधि, पर्यटन, कला , मनोरन्जनलगायतका सवै विधालाई महत्व दिईएको र ५ सय स्वदेशी उद्योग मात्र रहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले धारणा राख्दै उद्यम-व्यवसाय चलायमान हुंदा सवै क्षेत्र चलायमान हुने हुनाले महोत्सवको महत्व ठूलो रहेको वताएका थिए ।

पत्रकारितामा क्षेत्रबाट योगदान गरेवापत पत्रकार प्रकाश आचार्यलाई ४८ हजार धनराशिको औधोगिक पत्रकारीता पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिएको थियो।

महासचिव सुमन बस्यालको संचालनमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले र धन्यवाद प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले गरेका थिए ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...