पुनर्स्थापनाको पर्खाइमा अछामको रामारोशनका बाढीपीडित
काठमाडौंअछाम जिल्लाको रामारोशन–५, सैनीका बाढीपीडित वर्षौंदेखि राहत र पुनर्स्थापनाको प्रतीक्षामा छन् । चार वर्षअघिको बाढीले घर, व्यापार र आफन्त गुमाएका उनीहरूको पुनर्स्थापना राज्यको प्राथमिकतामा छैन ।
०७८ भदौ २ गते राति आएको कैलाश खोलाको बाढीले सैनी बजारका २५ मध्ये २२ घर बगाएको थियो । त्यसबेला चार परिवारका १७ जना बेपत्ता भएका थिए । तीमध्ये सात जनाको मात्रै शव फेला परेको थियो । बाँकी १० जना अझ बेपत्ता छन् ।
यो बजार साबिक रामारोशन र भाटाकाटिया गाविसको व्यापारिक केन्द्र थियो । व्यापार बढेपछि स्थानीयले लाखौं लगानी गरेर घर–पसल निर्माण गरेका थिए । बाढीले सबथोक नास गरे पनि राज्यले पुनर्स्थापना गरेन ।
घटनापछि केही संघसंस्थाले खाद्यान्न र कपडा उपलब्ध गराएका थिए । त्यसबाहेक सरकारी निकायको उपस्थिति शून्यजस्तै रहेको स्थानीय दीर्घराज रोकायाले बताए । अहिले पनि विभिन्न राजनीतिक दलका उम्मेदवा...







