शिक्षा

दानवीर व्यवसायी गुरुङले बनाइदिए अस्पताललाई ७१ करोडको भवन

दानवीर व्यवसायी गुरुङले बनाइदिए अस्पताललाई ७१ करोडको भवन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौंभाटभटेनी समुहका अध्यक्ष व्यवसायी मीनबहादुर गुरुङले ७१ करोडको लागतमा निर्मित बाल अस्पतालको भवन हस्तान्तरण गरेका छन । गुरूङले ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँ लागतमा भवन निर्माण गरी काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण शनिबार गरेका हुन्।गुरुङले अस्पतालको साँचो जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीमार्फत् अस्पतालका अध्यक्ष डा. कोइरालालाई हस्तान्तरण गरेका थिए।काठमाडौँको बुढानीलकण्ठमा निर्माण भएको यो बाल अस्पताल वरिष्ठ चिकित्सक डा. भगवान् कोइरालाको पहल र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ लगायतको सहयोगमा निर्माण सम्पन्न भएको हो ।अस्पतालले काठमाडौँसहित सातवटै प्रदेशमा बाल स्वास्थ्य सेवा सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको पनि बताएकाे छ । नवनिर्मित बाल अस्पतालकाे उक्त भवन जगत्गुरु शंकराचार्य श्री विधुशेखर भारतीज्यूक...
प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाका विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकले छलफल गरेका छन् । आइतबार (जेठ १०) सिंहदरबारस्थित एमाले संसदीय दलाको कार्यालयमा छलफल गरिएको हो ।कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल भएको हो ।महरले संसदीय मूल्यमान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताए । संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबीचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको...
एमाले सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

एमाले सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

Breaking news 2, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास बिहान साढे ११ बजे बस्ने छ । बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् ।गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरुले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले धारणा राखेका थिए । उनीहरुले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत ओलीको समर्थन नगरी धारणा राखेको स्रोतले बतायो । महासचिव पोखरेलले घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अ...
प्रतिनिधि सभाको प्राथमिकतामा संविधान संशोधन, नियमावलीमा विशेष नियम

प्रतिनिधि सभाको प्राथमिकतामा संविधान संशोधन, नियमावलीमा विशेष नियम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधि सभाले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको छ । यस निम्ति काम गर्न प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले प्रस्तावित नियमावलीमा विशेष नियम राखेको छ । प्रतिनिधिसभामा पेस भएको नियमावलीको नियम १४० मा संविधान संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था छ ।जहाँ संविधानको धारा २७४ बमोजिम प्राप्त संविधान संशोधन विधेयक सभामा प्रस्तुत भएको तीस दिनभित्र महासचिव वा निजको अनुपस्थितिमा सचिवले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रूपमा प्रकाशन गर्ने भनिएको छ ।यसरी प्रकाशन गरिएको विधेयक सात दिनपछि बसेको कुनै बैठकमा प्रस्तुत गर्न सकिनेछ ।उपधारा (१) मा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन ।’ यसबाहेक यस संविधानको अन्य धारामा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै ...
राजमोद्वारा बुटवलमा संविधान संशोधन,गणतन्त्र र राष्ट्रियताको बहस

राजमोद्वारा बुटवलमा संविधान संशोधन,गणतन्त्र र राष्ट्रियताको बहस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेपालको वर्तमान राजनीतिक परिदृश्यमा संविधान संशोधनको बहस चलिरहेका बेला राष्ट्रिय जनमोर्चा (राजमो) ले बुटवलमा संविधान संशोधनको बिषयमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जनमोर्चाले संविधान परिमार्जन र संशोधनको बहस तातिरहेका बेला गणतन्त्र र राष्ट्रियता विषयमा शनिवार बुटवलमा सरोकारवाला निकायलाई राखेर अन्तक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा राजनीतिक दलका नेताहरु, संवैधानिक कानुनका विज्ञहरु र विभिन्न निकायका प्रतिनिधिहरुले संविधान संशोधनको आवश्यकता, संघीयताको औचित्य र राष्ट्रियताका विषयमा फरक फरक जिज्ञासाहरु राखेका थिए । अन्तक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्धारा तयार पारिएको अवधारणा पत्रमा संविधानलाई गतिशील दस्तावेजको रुपमा परिभाषित गरेता पनि वर्तमान संघीय ढाँचाले देशलाई कमजोर बनाएको उल्लेख गरिएको छ । अध्यक्ष ...
लुम्बिनी प्रदेशसभा: कृषि,स्थानीय उत्पादन,उद्यम विकास,बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकता

लुम्बिनी प्रदेशसभा: कृषि,स्थानीय उत्पादन,उद्यम विकास,बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दाङलुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३\८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा भाग लिएका सदस्यहरुले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।सदस्यहरुले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य, परिणाममुखी र नागरिकमा आशा तथा भरोसा जगाउने खालको हुनुपर्ने धारणा राखेका थिए । युवाहरुलाई लक्षित गरी रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् ।लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १३५ को उपनियम (३) बमोजिम लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथि छलफल सञ्चालन गरिएको थियो । सभामुखले छलफलका लागि तीन घण्टा अर्थात १८० मिन...
विकास,सम्बृद्धि र सुशासनमा उल्लेख्य काम भएका छन् : बुनपा ८का वडाध्यक्ष पंगेनी

विकास,सम्बृद्धि र सुशासनमा उल्लेख्य काम भएका छन् : बुनपा ८का वडाध्यक्ष पंगेनी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ८ ले पछिल्लो चार वर्षमा सम्पन्न गरेका विकास निर्माण तथा सेवा प्रवाहबारे सार्वजनिक गरेको छ ।कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले २०७९ जेठ ९ गते पदभार ग्रहण गरेएता शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत, खानेपानी, खेलकुद, रोजगार तथा राजश्व संकलनका क्षेत्रमा वडावासीको माग अनुसार काम गरिएको बताएका छन्। वडाध्यक्ष पंगेनीका अनुसार वडा कार्यालय भवन १० महिनामै निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा सहयोग गरेको भन्दै पूर्व वडाध्यक्ष भीम बहादुर श्रेष्ठ प्रति उनले आभार व्यक्त गरे ।पूर्वाधार विकासतर्फ जे.वि हरित पार्क निर्माण, विभिन्न टोलमा सडक पिच मर्मत, खुला व्यायामशाला निर्माण तथा सञ्चालन, जनता माध्यमिक विद्यालय परिसरमा ब्लक टायल बिछ्याउने काम सम्पन्न गरिएको उनले जानकारी दिए । साथै सडक बोर्डको सहयोगमा सडक मर्मत तथा मि...
लुम्बिनीमा पहिलोपटक उद्योग संघको आयोजनामा सीप च्याम्पियनसिप सम्पन्न

लुम्बिनीमा पहिलोपटक उद्योग संघको आयोजनामा सीप च्याम्पियनसिप सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ।प्रदेशभका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरुलाई सरोकारवाला निकायसँग एकै मन्चमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको हो । रुपन्देही उद्योग संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा रुपन्देहीको तिलोत्तममा शुक्रबार आयोजित लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रम अटो मेकानिकल, आईटी तथा होटल म्यानेमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरुलाई फिल्डमै प्रतिस्पर्धा गराइएको थियो भने स्वदेशमा उत्पादन भएका विभिन्न उद्योगहरुले आफ्नो प्रदर्शनी गरेका थिए । दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मान...
तातो हावाको लहरसम्बन्धी विशेष सुचना जारी : सावधानी अपनाउन अनुरोध

तातो हावाको लहरसम्बन्धी विशेष सुचना जारी : सावधानी अपनाउन अनुरोध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंजल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष सूचना जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी सुचनामा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू-भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताए । उनका अनुसार सुदु...
लुम्बिनी प्रदेश सभा: अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्ति रोक्न सांसदहरुको माग

लुम्बिनी प्रदेश सभा: अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्ति रोक्न सांसदहरुको माग

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दाङलुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३\८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । शुक्रबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको तेस्रो बैठकमा प्रदेशसभा सदस्यहरुले सामाजिक न्याय, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन, रोजगारी सिर्जना र उद्यम विकासलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । सदस्यहरुले सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषयहरु सकारात्मक भए पनि ती प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । बजेट कार्यान्वयन प्रणालीलाई बलियो बनाउनुपर्ने, योजनामा वित्तीय अनुशासन कायम गर्नुपर्ने तथा खर्च प्रणालीलाई पारदर्शी र नतिजामुखी बनाउन आवश्यक रहेको उनीहरुको भनाइ थियो । छलफलमा सहभागी सदस्यहरुले असारे विकास र आर्थिक वर्षको अन्तिम समयमा हतारमा खर्च गर्ने प्रवृत्ति रोक्नुपर्नेमा विशेष जोड दिएका छन् । ...