शिक्षा

गुल्मी जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाई, तीन पटक म्याद थपियो

गुल्मी जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाई, तीन पटक म्याद थपियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
गुल्मी नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । विसं २०७७ मा सदरमुकाम तम्घासमा ५० शैय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । छ वटा मात्रै बहिरङ्ग कक्ष छन् । ‘भिडियो एक्सरे’ र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिँदा विद्युत् सट हुने गरेको छ । पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ भएको छ ।नयाँ भवन नबन्दा ‘आइसियू’ समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका चिकित्सक विभव बस्यालले गुनासो गरे । “एउटै कक्षमा दुई÷तीनजना डाक्टर बसेर सेवा दिनुपर्ने अवस्था छ”, उनले भने, “पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो छ ।” डाक्टर बस्यालले हाल दैनिक चार सय सम्म बिरामी उपचारका लागि आउने गरेको बताए ।भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला ...
गृहमन्त्रालयमा २ घण्टा छलफल : नेताका अभिव्यक्ति र काउन्टर जाहेरीले बढाएको सुरक्षा जोखिमको विश्लेषण

गृहमन्त्रालयमा २ घण्टा छलफल : नेताका अभिव्यक्ति र काउन्टर जाहेरीले बढाएको सुरक्षा जोखिमको विश्लेषण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं काठमाडौंमा भएको प्रदर्शन र बढ्दो सुरक्षा चुनौतीबारे सिंहदरबारस्थित गृहमन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रमुख सुरक्षा निकायका नेतृत्वसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए । गृहमन्त्रालय स्रोतका अनुसार छलफल मुख्यतः माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रदर्शन, त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, केही नेताहरूको अभिव्यक्ति, देशभर जाहेरी दिने अभियान, र त्यससँग सम्बन्धित सुरक्षा संवेदनशीलतामा केन्द्रित थियो । गृहमन्त्री अर्यालले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग करीब दुई घण्टा ब्रिफिङ लिएका थिए । सो क्रममा उनीहरूले बढ्द...
विघटित संसद्‌का दलका शीर्ष नेताहरूसँग नागरिक अगुवाहरूको आग्रह , राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुहोस्

विघटित संसद्‌का दलका शीर्ष नेताहरूसँग नागरिक अगुवाहरूको आग्रह , राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुहोस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनागरिक अगुवाहरूको समूहले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिन सुझाव दिएको छ ।बुधबार ३० जना नागरिक अगुवाहरुको समुहले अपिल जारी गर्दै यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन मुल नेतृत्वले राजीनामा दिएर स्वेच्छिक अवकाश लिन सुझाव दिएको हो ।नागरिक अगुवाको समुहले निर्धारित मितिमा चुनाव हुने सुनिश्चित गर्न अपिल गर्दै राजनीतिक दल र जेनजी समूहलाई विश्वासमा लिएर निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ । अपिल जारी गर्नेमा अर्चना थापा, इन्द्र अधिकारी, उद्धव प्याकुरेल, उत्तमबाबु श्रेष्ठ, कसमस विश्वकर्मा, कृष्ण खन...
दसैंमा लुम्बिनी प्रदेशमा मात्र ५३६ सवारी दुर्घटना, २२ जनाको मृत्यु

दसैंमा लुम्बिनी प्रदेशमा मात्र ५३६ सवारी दुर्घटना, २२ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, शिक्षा, समाचार, समाज
रुपन्देहीदेशभरजस्तै लुम्बिनी प्रदेशमा पनि यस वर्षको बडादसैंमा सवारी दुर्घटनाको संख्या निकै बढेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशभर ५३६ वटा सवारी दुर्घटना भएका छन्।दसैंको समयमा सधैंजसो सवारी चाप बढ्ने र यात्राको हतार हुने भएकाले दुर्घटनाको जोखिम पनि उच्च हुने गर्छ। यसपालि वर्षासँगै पहाडी क्षेत्रमा बाढी–पहिरो र तराई क्षेत्रमा ओभरस्पीडजस्ता कारणले दुर्घटनाको दर झन् बढेको ट्राफिक प्रहरीले जनाएको छ।नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालका अनुसार १२ जिल्लामा भएका ती दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये १२ जना पुरुष, ७ जना महिला र ३ जना बालबालिका रहेका छन्। दुर्घटनामा परेर १४८ जना गम्भीर र ५८७ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइतेमध्ये ९६ जना पुरुष, ३२ जना महिला र...
मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी बायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी बायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम व...
जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिर...
यूएईले भिजिट भिसामा नयाँ नियम लागू गर्यो, स्पोन्सरको न्यूनतम तलब तोकियो

यूएईले भिजिट भिसामा नयाँ नियम लागू गर्यो, स्पोन्सरको न्यूनतम तलब तोकियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौ संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ, जसअनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने प्रायोजकले निश्चित मासिक न्यूनतम तलब पुरा गरेको हुनुपर्छ । नयाँ प्रावधानअनुसार चार तह निर्धारण गरिएको छ जसमा पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान र श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ । त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ । भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुन...
बाढीपहिरोका मृतक ५३ र बेपत्ता ७ जना (नामावली)

बाढीपहिरोका मृतक ५३ र बेपत्ता ७ जना (नामावली)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंयही असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।घटनामा परी ७ जना बेपत्ता भएका नेपाल प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ ।सबैभन्दा धेरै इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ । यी हुन् मृतक ५३ जना ...
आश्विन शुक्ल पूर्णिमा: बडादसैँ पर्व आजदेखि समापन हुँदै

आश्विन शुक्ल पूर्णिमा: बडादसैँ पर्व आजदेखि समापन हुँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्...
आज कुन-कुन सडक छन् पूर्ण अवरुद्ध ? (सूचीसहित)

आज कुन-कुन सडक छन् पूर्ण अवरुद्ध ? (सूचीसहित)

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँवर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू पूर्णरुपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान बिहान ६ः४० बजेसम्मको विवरणअनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो।संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवा तथा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा समेत सिद्धिचरण लोकमार्ग आवागमन अवरुद्ध भएको छ। धनकुटाको पाख्रीबास दिकुरे र साँगुरीगढीस्थित चनौटे तथा ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग कोशी राजमार्ग पनि वर्षाका कारण बन्द छ।यसैगरी ईलाम नगरपालिकाकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। रसुवामा गोसाइकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकमा वि...