गुल्मी जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाई, तीन पटक म्याद थपियो


गुल्मी

नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । विसं २०७७ मा सदरमुकाम तम्घासमा ५० शैय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । छ वटा मात्रै बहिरङ्ग कक्ष छन् । ‘भिडियो एक्सरे’ र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिँदा विद्युत् सट हुने गरेको छ । पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ भएको छ ।
नयाँ भवन नबन्दा ‘आइसियू’ समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका चिकित्सक विभव बस्यालले गुनासो गरे । “एउटै कक्षमा दुई÷तीनजना डाक्टर बसेर सेवा दिनुपर्ने अवस्था छ”, उनले भने, “पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो छ ।” डाक्टर बस्यालले हाल दैनिक चार सय सम्म बिरामी उपचारका लागि आउने गरेको बताए ।
भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समितिलगायतले छिटो निर्माणको पहल गरे पनि निर्माण व्यवसायीले कामको गति अघि बढाएनन् । “भारतबाट सामान मगाउनुपर्ने छ, आएको छैन भन्छन्”, अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले भने, “विभिन्न बाहानामा काममा ढिलाइ गरेका छन् ।” सङ्घीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमार्फत स्वच्छन्द÷बाँनिया जेभी मकवानपुरले अस्पताल निर्माणको जिम्मा पाएको थियो ।
भवनको कूल लागत रु २५ करोड ६४ लाख २०३ रुपैयाँ १७ पैसा छ । विसं २०७८ असार १८ गते भवन निर्माणको सम्झौता भएकामा त्यसको दुई वर्षभित्र अर्थात २०८० असार १७ गते काम सकिनुपर्ने थियो । पछिल्लो समय तीन पटक म्याद थप भई गत २०८१ पुससम्म थप गरिएको छ । आयोजनाका इन्जिनियर सुशील रसायलीले निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिए ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...