गृहमन्त्रालयमा २ घण्टा छलफल : नेताका अभिव्यक्ति र काउन्टर जाहेरीले बढाएको सुरक्षा जोखिमको विश्लेषण


काठमाडौं

काठमाडौंमा भएको प्रदर्शन र बढ्दो सुरक्षा चुनौतीबारे सिंहदरबारस्थित गृहमन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रमुख सुरक्षा निकायका नेतृत्वसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

गृहमन्त्रालय स्रोतका अनुसार छलफल मुख्यतः माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रदर्शन, त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, केही नेताहरूको अभिव्यक्ति, देशभर जाहेरी दिने अभियान, र त्यससँग सम्बन्धित सुरक्षा संवेदनशीलतामा केन्द्रित थियो ।

गृहमन्त्री अर्यालले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग करीब दुई घण्टा ब्रिफिङ लिएका थिए । सो क्रममा उनीहरूले बढ्दो सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए ।

छलफलमा चाडपर्व सकिएपछि हुन सक्ने सम्भावित आन्दोलन, जेन–जी समूह र अन्य समूहले गर्न सक्ने प्रदर्शन तथा त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति समेत समेटिएको थियो । एक सुरक्षा प्रमुखका अनुसार, यस्ता गतिविधिहरूको असर सार्वजनिक शान्ति र सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाइएको छ ।

जेन–जी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको पृष्ठभूमिमा अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जीका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिएको थियो ।
जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि प्रहरी आयोगमा पठाउने तयारीमा रहेको छ ।

एक पक्षको जाहेरीपछि अर्को पक्षबाट काउन्टर जाहेरी दर्ता हुने क्रम, माइतीघरमा टाँगिएका ब्यानर हटाउने र फेरि नयाँ ब्यानर राख्ने प्रयासका कारण सुरक्षा चुनौती थपिएको स्रोतले जनाएको छ । काउन्टर गतिविधि र त्यसबाट निम्तन सक्ने सम्भावित स्थिति पनि छलफलको मुख्य विषय बनेको थियो ।

अर्कोतर्फ, नेताहरूले सार्वजनिक रूपमा दिएका प्रतिकूल अभिव्यक्तिहरूले पनि सुरक्षा संवेदनशीलता बढाउने सम्भावना भएकाले सतर्कता आवश्यक भएको छलफलमा उल्लेख गरिएको छ ।

माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षा स्रोतका अनुसार, “फलानो नेताको अभिव्यक्ति भनेर भन्दा पनि पछिल्लो समयमा नेताहरूले बोलेका कतिपय कुराले सुरक्षा अवस्था प्रभावित हुन सक्नेबारेमा छलफल गरिएको हो ।”

यस्तै, समसामयिक राजनीतिक परिस्थिति, चुनावी सुरक्षा, छठपछिको दुर्गा प्रसाईं समूहको संभावित आन्दोलन, साथै विपद् व्यवस्थापन र उद्धारसम्बन्धी विषयमा पनि बैठकमा विस्तृत छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...