आज कुन-कुन सडक छन् पूर्ण अवरुद्ध ? (सूचीसहित)


काठमाडौँ
वर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू पूर्णरुपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान बिहान ६ः४० बजेसम्मको विवरणअनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो।
संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवा तथा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा समेत सिद्धिचरण लोकमार्ग आवागमन अवरुद्ध भएको छ। धनकुटाको पाख्रीबास दिकुरे र साँगुरीगढीस्थित चनौटे तथा ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग कोशी राजमार्ग पनि वर्षाका कारण बन्द छ।
यसैगरी ईलाम नगरपालिकाकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। रसुवामा गोसाइकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र क्षेत्र, काभ्रेपलान्चोकको डालाबेसी र बुल्ढुङ्गा, मकवानपुरको भिमफेदी र बकैया क्षेत्रमा समेत पहिरोका कारण सडक अवरुद्ध रहेका छन्।

दक्षिणकाली–काठमाडौं खण्ड पनि इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार क्षेत्रमा बन्द भएको प्रहरीको जानकारीमा उल्लेख छ।

सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरे क्षेत्रमा अवरुद्ध भएको मदन भण्डारी राजमार्ग भने आंशिक रूपमा सुचारु गरिएको छ। तर, सोही जिल्लाको फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बिपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ।

नेपाल प्रहरीले राजमार्ग क्षेत्रहरूमा अझै पनि पहिरोको जोखिम कायम रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने ...
भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमो...
पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...