राजनितिमा बितृष्ण युवा र अबको बाटो
सुजन ज्ञवाली
नेपालको राजनीतिक परिदृश्यमा आज एक विचित्र विरोधाभास देखिन्छ: देशको सबैभन्दा ठूलो जनसङ्ख्या युवाको हो, तर राजनीतिक निर्णयप्रक्रियामा तिनको उपस्थिति नगण्य छ। युवाहरू राजनीतिप्रति गहिरो बितृष्णा र निराशाको भावना बोकेका छन्। यो बितृष्णा र युवाको आवश्यकतालाई बुझ्नु आजको राजनीतिको सर्वाधिक जरुरी आवश्यकता हो।तर यहि युवाहरुको मुद्दालाइ पुराना राजनितिक दलका नेतृत्वले उठाएको भए यो अबस्था आउने पनि थिएन।अझै पनि यस्ता मुद्दालाइ पाका नेतृत्वले उठाए पनि कुनै फरक पर्दैन तर त्यो अबस्था अहिलेको परिदृष्यमा देखिएको छैन।आज राजनितिक दल प्रतिको बितृष्णा किन यति सम्म पुग्यो भन्ने दलका नेतृत्व ले बुझ्न चाहेको देखिदैन।तल्लो तह सम्म पुग्ने हो भने मात्र यो भयावह स्थिती देखिन्छ तर बिडम्बना निर्णायक तहमा बसेका र सार्बजनिक पद धारण गरेका यो तह सम्म पुग्न नै चाहेनन तर जो ग्रासरुट लेभल सम्म पुगेको छ उ...








