नेपाल विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो


काठमाडौँ
नेपाल आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको सामाओले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २११ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । आसिफले ६९ रन बनाएका थिए भने ऐरीले ५३ रन बनाएका थिए । त्यस्तै लोकेस बमले आक्रामक १२ बलमा अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाएका थिए । त्यसैगरी कुशल मल्लले १७ रन बनाएका थिए ।

नेपालले यस प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको छ । यस प्रतियोगिताबाट नेपालसहित ओमान र युएई अर्को बर्ष भारतमा हुने टी-२० विश्वकपमा छनौट भएका छन् ।

यो प्रतियोगिता जितेसँगै नेपाली टिमका हरेक खेलाडीले १९ लाख ५० हजार पुरस्कार पाउने भएका छन् ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...