नयाँ राजनीतिक दल घोषणा गर्दै मिराज ढुंगाना


काठमाडौँ

‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन् । उनले यही शनिबार काठमाडौँको होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टीको औपचारिक घोषणा गर्ने बताएका छन् ।

एक टिकटक भिडियो सार्वजनिक गर्दै ढुंगानाले पार्टी खोल्नैपर्ने अवस्था आएको बताएका छन् । उनका अनुसार यसका लागि वार्ता समिति गठन भइसकेको छ र काम भइरहेको छ ।

“राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी देशको अहिलेको अवस्थामै निर्वाचनमा जान्छौँ,” उनले भनेका छन्, “जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने व्यवस्था, र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय गठन पूरा हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ ।”
उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ लाई परिवर्तनको सुरुआतको रूपमा व्याख्या गर्दै आफूहरू अझै शान्तिपूर्ण ढंगले संघर्षरत रहने स्पष्ट पारेका छन् ।

यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको उल्लेख गर्दै, ढुंगानाले यो अवसर फेरि चाँडै नफर्किने दाबी गरे । साथै, देशको विकास चाहने सबैलाई आफूहरूसँग जोडिन आह्वान गरेका छन् ।

“देश गम्भीर अवस्थामा छ । ७८ जना नेपालीले ज्यान गुमाइसकेका छन् । अहिले देशले निकास खोजिरहेको छ, र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ । हामी निकास दिलाएरै छाड्छौँ,” उनले भनेका छन् ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...