नयाँ राजनीतिक दल घोषणा गर्दै मिराज ढुंगाना


काठमाडौँ

‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन् । उनले यही शनिबार काठमाडौँको होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टीको औपचारिक घोषणा गर्ने बताएका छन् ।

एक टिकटक भिडियो सार्वजनिक गर्दै ढुंगानाले पार्टी खोल्नैपर्ने अवस्था आएको बताएका छन् । उनका अनुसार यसका लागि वार्ता समिति गठन भइसकेको छ र काम भइरहेको छ ।

“राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी देशको अहिलेको अवस्थामै निर्वाचनमा जान्छौँ,” उनले भनेका छन्, “जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने व्यवस्था, र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय गठन पूरा हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ ।”
उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ लाई परिवर्तनको सुरुआतको रूपमा व्याख्या गर्दै आफूहरू अझै शान्तिपूर्ण ढंगले संघर्षरत रहने स्पष्ट पारेका छन् ।

यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको उल्लेख गर्दै, ढुंगानाले यो अवसर फेरि चाँडै नफर्किने दाबी गरे । साथै, देशको विकास चाहने सबैलाई आफूहरूसँग जोडिन आह्वान गरेका छन् ।

“देश गम्भीर अवस्थामा छ । ७८ जना नेपालीले ज्यान गुमाइसकेका छन् । अहिले देशले निकास खोजिरहेको छ, र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ । हामी निकास दिलाएरै छाड्छौँ,” उनले भनेका छन् ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...