लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने
बुटवलकेन्द्रमा नेकपा एमाले र नेकपाबिच नयाँ सत्ता समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा पनि एमालेकै नेतृत्वमा सरकारलाई निरन्तरता दिइने भएको छ। मुख्यमन्त्रीमा वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले नै निरन्तरता पाउने निर्णय भएको छ।
मुख्यमन्त्री आचार्यले कुरा गर्दै केन्द्रबाट आफूलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने निर्णय भएको जानकारी दिए। केन्द्रको सहमतिपछि अब नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ।सरकार गठनसँगै मन्त्री चयनको प्रक्रिया पनि सुरु भएको छ। नेकपाका तर्फबाट प्रमुख सचेतक इन्द्रजित थारु, दीपेन्द्र पुन र नरमाया ढकाल मन्त्रीका प्रमुख दाबेदारका रूपमा रहेका छन्। नेकपा संसदीय दलका नेता जोखबहादुर महराले एमालेले मुख्यमन्त्रीको टुङ्गो लगाएसँगै मन्त्रालय बाँडफाँटबारे गठबन्धन दलबिच औपचारिक छलफल सुरु भएको बताए।
यद्यपि लुम्बिनी प्रदेशसभाको अङ्कगणितका कारण सरकार...








