लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा



बुटवल
लुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख्न र कामकारवाही अंगाडी वढाउन सहयोग पुगेको वताएको छ ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूमा गत एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परी ५ सय ८५ जनाले ज्यान गुमाएका छन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण अनुसार प्रदेशभर कुल ४हजार ७ सय ९७ वटा सवारी दुर्घटना भएका छन्।

कार्यालयले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सवारी दुर्घटना, मृत्यु तथा घाइते हुनेहरूमा पुरुषको संख्या अत्यधिक रहेको छ भने दुर्घटनामा संलग्न सवारी साधनहरूमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै देखिएको छ। रिपोर्ट अनुसार कुल दुर्घटनामध्ये ६८ दशमलव ७ प्रतिशत (३हजार २ सय ९५ वटा) दुर्घटना तीव्र गतिका कारण भएको कार्यलयका प्रमुख, प्रहरी उपरीक्षक निशान थापाले जानकारी दिए।
यस्तै मादक पदार्थ सेवन (मापसे) बाट ६ सय १३ वटा, चालकको असक्षमता वा लापरवाहीबाट ५सय ३५ वटा, यान्त्रिक गडबडीका कारण ५३ वटा, जनावरका कारण २३ वटा र यात्रु तथा पैदलयात्रीको गल्तीका कारण ३७ वटा दुर्घटना भएको उनले जानकारी गराए ।
गत आवमा दुर्घटनाबाट ज्यान गुमाएका ५सय ८५ जनामध्ये ४ सय २४ जना पुरुष (७२ दशमलव ४८ प्रतिशत ), १ सय १० जना महिला (१८ दशमलव ८० प्रतिशत), ३४ जना बालक (५ दशमलव ८१ प्रतिशत) र १७ जना बालिका (२ दशमलव ९१ प्रतिशत) रहेका छन्। त्यसैगरी दुर्घटनामा परी १ हजार ७ सय ९९ जना गम्भीर घाइते र ६ हजार २ सय ५९ जना सामान्य घाइते भएका छन्, जसमा पनि पुरुषको संख्या नै बढी छ।

दुर्घटनामा संलग्न कुल ६ हजार ८ सय २२ वटा सवारी साधनमध्ये ४ हजार २ सय ८६ वटा (६२ दशमलव ८२ प्रतिशत) मोटरसाइकल/स्कुटर रहेका छन्। त्यसपछि जिप/कार ६ सय ६६, टेम्पो ५ सय ९, शारीरिक शक्तिले चल्ने सवारी ४ सय ९५, बस २ सय १० र ट्रक/ट्रयाक्टर २ सय ४ वटा दुर्घटनामा परेका छन्।
प्रदेशमा सडक सञ्जाल १५ हजार ७ सय ६ किलोमिटर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा शुन्य दशमलव ९६ प्रतिशतले बढी हो। यस्तै प्रदेशमा कुल दर्ता सवारी साधनको संख्या १७ लाख ५ हजार ४९ पुगेको छ, जसमा ८५ दशमलव ८९ प्रतिशत (१४ लाख ६३ हजार २ सय ५ वटा) हिस्सा निजी मोटरसाइकल/स्कुटरको रहेको छ।
आर्थिक वर्ष २०८२/८३ मा नियम उल्लङ्घन गर्ने १ लाख २० हजार ४८ वटा सवारी साधनलाई कारवाही गरी १३ करोड ५८ लाख ६ हजार ६३ रुपैयाँ राजस्व संकलन गरिएको छ। गम्भीर नियम उल्लङ्घन गर्ने ९ जना चालकको लाइसेन्स निलम्बनको प्रक्रियामा रहेको र ३ जनाको निलम्बन भइसकेको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले वर्षभरिमा १० हजार ६ सय ६२ वटा जनचेतनामूलक कार्यक्रममार्फत ५ लाख ५ हजार भन्दा बढीलाई सचेत गराएको छ। जसमध्ये चालक-सहचालक लक्षित ७ हजार ४ सय ८६ वटा र विद्यार्थी लक्षित १ हजार २ सय ५३ वटा कार्यक्रम सञ्चालन गरिएका छन्।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...