बुटवलमा औद्योगिक व्यापार मेला सुरु, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह
Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल
बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो ।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरुको चिन्ताप्रति सरकार गम्भिर रहेको भन्दै व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यवसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको भनाई राख्नुभयो ।मन्त्री खड्काले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस...








