अमेरिकी सरकारले गर्यो नेपालमा एमसीसीलाई निरन्तरता दिने निर्णय
काठमाडौँ
अमेरिकी सरकारले नेपालमा कार्यान्वयन भइरहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ ९एमसीसी० को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ ।अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन जानकारी नेपाल सरकारलाई जानकारी गएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपालमा कार्यान्वयन भइरहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसीले निरन्तरता पाउने विषयमा जानकारी गराएको बताए । उनले अमेरिकी सरकारले एमसीसीलाई निरन्तरता दिने गरेको निर्णयबारे नेपाल सरकारलाई जानकारी आएको बताए ।
उनले भने,‘ मन्त्रालयलाई एमसीसी नेपालमा निरन्तरता दिने भन्ने विषयमा जानकारी आएको छ ।त्यो विषयमा चाँडै मन्त्रालयले जानकारी गराउँछ ।’
अमेरिकामा रहेको एमसीसी मुख्यालयले गत शुक्रबार एक विज्ञप्ति जारी गरी एमसीसीको पोर...








