राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् विधेयक


काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मा फिर्ता पठाएका छन् । राष्ट्रपतिले विधेयकमाथि पुनर्विचार गर्नका लागि फिर्ता पठाएका हुन् । 

राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल नभएको भन्दै प्रतिनिधिसभामा पुनर्विचारका लागि फिर्ता पठाएका हुन् ।

विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपतिकहाँ पठाएका थिए ।’विधेयक संविधानको मर्म, भावना, लोकतान्त्रिक मूल्य मान्यता एवं विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाउनुभएको हो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले इकान्तिपुरसँग भने ।

संविधानको धारा ११३ (३)मा राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाउन पाउने अधिकार उल्लेख छ । ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयक बाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देश सहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ,’ संविधानको व्यवस्था छ ।

६ सदस्यीय संवैधानिक परिषद्मा दुई जनाले मात्रै पनि निर्णय गर्न सक्ने व्यवस्थासहितको विधेयक संघीय संसद्ले पारित गरेको थियो । यस प्रावधानमा राष्ट्रपतिले पुनर्विचार हुनुपर्ने देखेका हुन् ।

छुटाउनुभयो कि ?

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्न...
एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

बुटवलमोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको ...
तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिकाले आउँदै गरेका नेपालीहरूको महान् पर्वहरू शुभ दीपावली (तिहार) तथा छठ पर्व २०८३ को अवसरमा ...
एनपिएलः काठमाडौंले  जनकपुरलाई दियो ११६ रनको लक्ष्य

एनपिएलः काठमाडौंले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

बुटवलतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिए...