मैदानमा भावी प्रधानमन्त्री, ओली र बालेनबीचको प्रतिस्पर्धाले झापा–५ चर्चाकाे केन्द्र
काठमाडौं नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूहले भावी प्रधानमन्त्री तोकेर अघि बढ्न सहमति जनाएका भए कांग्रेसको राजनीति सम्भवतः आजको मोडसम्म आइपुग्दैनथ्यो।विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा देउवालाई भावी प्रधानमन्त्री घोषणा गर्न र उनी स्वयं चुनावमा नउठ्न दबाब दिएका थिए। तर अन्तिम चरणमा उक्त प्रस्ताव अस्वीकार भएपछि देउवा न सभापति नै रहे, न त चुनावमै गए। बरु यही घटनाक्रमले गगन थापाका लागि भावी प्रधानमन्त्री बन्ने बाटो खोलिदियो।विशेष महाधिवेशनबाट निर्वाचित भई शुक्रवार पदबहालीका लागि पार्टी मुख्यालय सानेपा पुगेका सभापति थापालाई कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्ने नारासहित स्वागत गरेका थिए। पदबहालीसँगै कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै २१ फागुनको निर्वाचनमा जाने निर्णय गरेको छ।संसदीय राजनीतिमा निर्वाचनअघि नै भावी प्रधानमन्त्री घोषणा गरेर...






