रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी दर्ता


बुटवल
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीपले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्वस्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् । उम्मेदवारी दर्तापछि पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही २ मा आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गरे ।

निर्वाचन अधिकृत कार्यालयका बुद्धि पराजुलीका अनुसार राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने कमल भुसाल, राष्ट्रिय जनमोर्चाबाट रुकबहादुर पराजुली, जनता समाजबादी पार्टी नेपालबाट दिपक गुरुङ, नेकपा माओवादीबाट बीरेन्द्र बिक, राष्ट्रिय जनमुक्ति पार्टीबाट केशवबहादुर थापा , श्रम संस्कृति पार्टीबाट भिमबहादुर गौतम, समावेशी समाजवादी पार्टीबाट देवेन्द्रबहादुर खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायणप्रसाद नागिला, मंगोल नेसन अर्गनाइजेनबाट चन्द्र कुमारी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यन्जु र नेसनल रिपब्लिक नेपालबाट थम्मन बहादुर बुढा मगरले मनोनयन दर्ता गरेका छन् ।

छुटाउनुभयो कि ?

१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित

१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित

काठमाडौँस्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान ...
बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...