प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने



काठमाडौँ
मंगलबार उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता सम्पन्न भएपछि आज उमेदवारको विरोधमा आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने बताएको छ ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाका लागि ३ हजार ४८४ जनाको उमेदवारी परेको छ । जसमा महिला उमेदवार ३९५ र पुरुष ३ हजार ८९ जना रहेका छन् ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...