प्रतिनिधि सभा निर्वाचन: प्रतिस्पर्धामा चार पूर्व प्रधानमन्त्री


काठमाडौं
निर्वाचन नजीकिएसंगै पुर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन्।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनले ओलीलाई हराएका थिए। जनआन्दोलनपछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनदेखि २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचन, २०७० र संविधान जारी भएपछि भएको २०७४ र २०७९ को निर्वाचनमा ओलीले जीत हासिल गरेका थिए। तीन पटक प्रधानमन्त्री भइसकेका उनलाई फेरि पनि एमालेले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ।

ओलीका लागि यसपटक बालेन्द्रसँग रोचक प्रतिस्पर्धा हुने भएको छ। गृह जिल्लामा प्रतिस्पर्धा गर्न आएका बालेन्द्रको सामना गर्न उनले कडा मेहनत गर्नुपर्ने देखिन्छ । ‘जेन–जी’ आन्दोलनले प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी चुनावी ‘निशानामा’ छन्। रास्वपा वरिष्ठ नेता बालेन्द्रसँग यसपटकको उनको प्रतिस्पर्धा २०६४ को संविधानसभा निर्वाचनमा माओवादीसँग भएको जत्तिकै कडा छ।
अनवरत चुनावी दौडमा देखिएका अर्का पूर्वप्रधानमन्त्री हुन्, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल। दाहालसँग २०६४ देखि हालसम्म चार पटक चुनाव जितेर तीन पटक प्रधानमन्त्री भइसकेको विगत छ। काठमाडौं–१०, रोल्पा–२, सिराहा–५, चितवन–३, गोरखा–२ हुँदै यसपटक उनी उम्मेदवार हुन रुकुम पूर्व पुगेका छन् । २०७० मा काठमाडौं–१० एक पटक हार बेहोरेका उनका लागि यसपटक तुलनात्मक रूपमा कम चुनौती छ।
चुनावी मैदानमा देखिएका अर्का पूर्वप्रधानमन्त्री हुन्, पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक माधवकुमार नेपाल। उनी छैटौं पटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन्। माओवादी र एकीकृत समाजवादीसँग एकता गरेपछि उनी नयाँ दलको नाम नेकपाबाट चुनाव लड्दैछन्।
चुनावी मैदानमा देखिएका अर्का पूर्वप्रधानमन्त्री हुन् बाबुराम भट्टराई।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सक्रिय राजनीतिबाट विदा लिएको सार्वजनिक घोषणा गरे।
तत्कालीन नेपाल समाजवादी (नयाँ शक्ति) को जिम्मेवारी दुर्गा सोवलाई सुम्पिएपछि उनले मुलुकको हितका लागि नीति निर्माण सम्बन्धी अध्ययन चिन्तनमा लाग्ने बताए। यस्तो घोषणापछि केही दिनसम्म पनि भट्टराई राजनीतिभन्दा पर बस्न सकेनन्। बरु उनले पूर्व माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियारलाई मिलाएर प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गर्न भूमिका खेले ।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...