जेनजी आन्दोलनको मागनै रोजगार र सुशासन थियो, मेरो ध्यान त्यता केन्द्रित छ : विष्णु पौडेल
जेनजी आन्दोलनको मागनै रोजगार र सुशासन थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेलबुटवलपूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्रनम्बर-२ का उम्मेद्वार विष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधारसँगै अब मानवीय बिकास र रोजगार प्रवर्द्धन आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचाका लागि रुपन्देहीमा ठूला भौतिक पूर्वाधारहरु निर्माणको योजनाहरुलाई सम्पन्न गर्ने, औद्योगिक बिकास र मल्टिनेशन कम्पनीहरुलाई लगानीका लागि आह्वान गर्दै रोजगार सिर्जना गर्नका लागि ध्यान केन्द्रित गरिने बताए ।एमालेको बुटवल-११ देवीनगर तथा बुटवल-१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै पौडेलले भने- "रुपन्देहीमा भौतिक पूर्वाधार र संरचनाहरुको बिकासले अब सम्पन्नताको अवस्थामा पुग्दैछ । यसले मात्रै प्रयाप्त हुँदैन, यहाँको आयस्तर वृद्धि गर्ने ...







