गलत भाष्य निर्माणको चुनावी खेल र मुलुकलाई प्रयोगशाला बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : प्रदिप ज्ञवाली


बुटवल
एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनमा समाजमा गलत भाष्य निर्माण भई चुनावी खेल भइरहेको र मुलुकलाई प्रयोगशाला बनाउने प्रवृत्ति देखिएकोले यसको अन्त्य हुनुपर्ने बताएका छन्।
उनले नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताएका छन् ।

लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि पनि नियन्त्रण हुनुपर्ने उनले बताए । गुल्मी क्षेत्र नम्बर १ का रूपन्देहीमा बस्ने मतदाता भेटघाट गर्न बिहीबार बुटवल आइपुगेका ज्ञवालीले पत्रकारहरुसँगको भेटघाटमा अहिले भएको विकासका कामप्रति नकारात्मक धारणा सिर्जना गर्दै सपना बेच्ने र नायक खोज्ने भाष्य निर्माण भइरहेको पनि बताए ।

‘समाजमा नायक खोज्ने भाष्य सृजना गरिएको छ, त्यसले मुलुकलाई निकास दिँदैन्,’ उनले भने, ‘गलत भाष्य निर्माण गरेर चुनाव अल्गोरिदम खेल भइरहेको छ ।’ समाजको वस्तुस्थिती एकातिर रहेको र सामाजिक सञ्जालमा हावा प्रचार भइरहेको पनि उनले बताए । ‘पपुलिजमको वेभले देशलाई निकास दिँदैन,’ उनले भने ।

मुलुकलाई प्रयोगशाला बनाउने खेल पनि भित्रभित्रै भइरहेको भन्दै उनले २०८४ को निर्वाचन २०८२ मा सारेर केपी ओलीको स्थानमा अर्को प्रधानमन्त्री बनाएर छिनभरमा नयाँ नेपाल निर्माण नहुने तर्क गरे । ‘नेपाललाई प्रयोगशाला बनाउने खेल निरन्तर जारी छ,’ उनले भने, ‘कहिले माओवादीका नाममा, कहिले पहिचानका नाममा र कहिले नयाँ पुस्ताको नाममा ।’ यस्ता प्रयोगशाला बनाउन खेल अबको निर्वाचनबाट अन्त्य हुनुपर्ने पनि उनले बताए ।
नेता ज्ञवालीले निर्वाचनका लागि सरकारले शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन नसकेको पनि बताए । ‘फरार कैदीबन्दी र लुटिएका ७ सय आधुनिक हतियार अझै बाहिरै छन्,’ उनले भने, ‘फरार कैदीबन्दी र आधुनिक हतियारको प्रयोग प्रतिकुल पार्टीबिरुद्धमा प्रयोग नहुने विश्वसनीय वातावरण अझै बनेको छैन् ।
हिमाली क्षेत्रमा निर्वाचनका लागि मौसमको प्रतिकुलता रहेको उनले बताए । पूर्वमन्त्रीसमेत रहेका नेता ज्ञवालीले संसद् पुनःस्थापनाको मुद्दामा सर्वोच्चले फैसला दिन ढिलाई गर्नु नहुने बताए । ‘संवैधानिक र कानुनी हिसाबले संसद् विघटन गलत छ,’ उनले भने, ‘बहुमत सांसदले संसद् पुनःस्थापना भनेको अवस्था छ । यो मुद्दामा छिटो फैसला हुन आवश्यक छ । यस्तो संवैधानिक मुद्दामा निर्क्यौल गर्न ढिलाई गर्न हुँदैन ।’

गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार ज्ञवाली आफ्नो क्षेत्रका ६ वटा स्थानीय तहमा भेटघाट सकेर बुटवलमा रहेका मतदाता भेट्न बुधवार यहाँ आएका हुन् । बुटवलपछि गुल्मेली मतदाता भेट्न काठमाडौं पनि पुग्ने तयारी रहेको उनका स्वकिय सचिव तथा युवा नेता खेमराज ज्ञवालीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...