निर्वाचन आयोगले सोध्यो आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण, अहिलेसम्म ५ जनाले मात्रै फर्काए जवाफ


काठमाडौं
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारी गरी २१ वटा स्पष्टीकरण सोधेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै अहिलेसम्म ५ वटाको जवाफ आएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिता अनुगमन समितिका प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागू भएदेखि राजनीतिक दल, उम्मेदवार र संस्थाहरूले गरी २१ वटा स्पष्टीकरण सोधिएकामा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जवाफको लागि ताकेका भइरहेको जानकारी गराइन्छ ।’
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागू भइसकेको उल्लेख छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...