सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?
काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पुनःसंरचना गर्ने प्रस्ताव अघि सारेका छन् । नेतृत्व परिवर्तनबाट मात्रै कांग्रेस रूपान्तरण नहुने थापाको निष्कर्ष छ ।
पार्टीको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा सभापति थापाले राजनीतिक संस्कार, संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा एकै पटक परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनपूर्व अन्य दलसँग गठबन्धन नगर्ने र उम्मेदवार छनोटमा प्राथमिक निर्वाचन (प्राइमरी) वा पार्टी सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था गर्नेसम्मका प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ ।
कांग्रेसको मिडिया सेन्टरले सार्वजनिक गरेको प्रस्तावित राजनीतिक प्रतिवेदनमा सभापति थापाले कांग्रेस र नागरिकबी...








