समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य



अर्घाखाँची
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन ।
जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहिवार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताएका हुन । उनले सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल खोजिरहेको बताए । ‘विकासको पहलकदमी लिएका छौँ । अहिले जनताले परिणाम खोजेका छन् । कुराले मात्रै चिउरा भिज्दैन । आलोचना गरेर मात्रै विकास हुँदैन,’उनले भने ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासमा प्रदेश सरकारसँगै संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । संघीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभाव र अन्य कारणले अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले त्यस्ता आयोजनालाई अघि बढाउन संघीय सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको जानकारी दिए ।
उनले संघीय सरकारका सशर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका जिल्लामा विकास निर्माण प्रभावित भएको बताए । अर्घाखाँचीमा मात्रै संघीय सरकारका २७ वटा सशर्त आयोजना रहेको उल्लेख गर्दै उनले विनियोजन भएका आयोजना तथा बजेट कार्यान्वयनको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका विकास आयोजनालाई राजनीतिक आग्रह-पूर्वाग्रहका आधारमा नभई आवश्यकता र परिणामका आधारमा मूल्यांकन गर्नुपर्ने बताए । विकास निर्माणका विषयमा हुने गलत प्रचारको अन्त्य गर्नुपर्ने भन्दै उनले राम्रो काम गर्ने कार्यालय तथा कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । ‘सोलोडोलोमा मूल्यांकन गरिनु हुँदैन । राम्रा काम भएका छन । काम गर्नेहरुको मुल्यांकन हुन जरुरी छ’उनले भने,‘राम्रा काम गर्ने कार्यालय र कार्यालयभित्रका कर्मचारीलाई हामीले दिलैदेखि धन्यवाद दिनुपर्छ ।’
वनसम्बन्धी कानुन संशोधन नहुँदा प्रदेश र स्थानीय तहको विकास तथा राजस्व संकलनमा समेत असर परेको मुख्यमन्त्री आचार्यले बताए । वन तथा नदीजन्य पदार्थबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको उल्लेख गर्दै उनले संघीय सरकारसँग कानुनी तथा नीतिगत सुधारका लागि निरन्तर पहल भइरहेको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइ तथा सडकको क्षेत्रमा पछिल्लो समय उल्लेख्य काम भएको बताए । अर्घाखाँचीको उदाहरण दिँदै उनले जिल्लामा पक्की तथा झोलुंगे पुल निर्माण, सिँचाइ पूर्वाधार विस्तार, विद्युतीकरण, विद्यालयको भौतिक सुधार र आधारभूत अस्पतालमा चिकित्सक पठाउने काम भएको बताए ।
उनले विकासको वर्तमान अवस्थालाई विगतसँग तुलना गरेर मूल्यांकन गर्नुपर्ने बताए । २०७४ सालअघिको अवस्था र त्यसपछिको अवधिमा भएका विकासलाई हेर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा पूर्वाधार तथा सेवा विस्तार भएको बताए । ‘३५ वर्षमा केही भएन भनेर गलत भाष्य खडा गर्न खोजिएको छ । यो गलत हो । यो बीचमा अर्घाखाँचीले मुहार फेरेको छ,’उनले भने ।
लुम्बिनी प्रदेशको विकासका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए ।

छुटाउनुभयो कि ?

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपम...
चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

काठमाडौंचीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्य...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...