विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा
काठमाडौंनेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकको इतिहासप्रति गर्व गर्दै त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताएका छन्।कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले इतिहासलाई उपेक्षा गरेर देश र राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताए। उनले वर्तमान अवस्थामा मुलुक विभिन्न संकटबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसको समाधानमा नेपाली कांग्रेसको जिम्मेवारी अझ बढेको धारणा राखे।देउवाले विशेष महाधिवेशनका नाममा नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको आरोपसमेत लगाए। पार्टीभित्र देखिएको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
पार्टीभित्र विगतमा पनि गम्भीर मतभेद र विवाद उत्पन्न भए पनि सहकार्य, संवाद र मेलमिलापमार्फत समाधान खोज्दै आएको स्मरण गर्दै देउवाले अहिले पनि त्यही संस्कारलाई निरन्तरता दिनुपर्नेमा ...







