ताजा अपडेट

स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका व्यस्त बजार, मुख्य सडक र आवासीय क्षेत्र आसपास पछिल्लो समय स्पा तथा मसाज सेन्टरको संख्या बढ्दो छ। बाहिरबाट हेर्दा आधुनिक सेवा व्यवसायजस्तो देखिने यी केन्द्रभित्र के भइरहेको छ भन्ने प्रश्न भने पटक–पटक उठ्दै आएको छ। यही प्रश्नको जवाफ खोज्दै प्रहरीले बुधबार बुटवल र तिलोत्तमा क्षेत्रमा सञ्चालित २५ वटा स्पामा एकैपटक अनुगमन तथा छापा मारेको छ। इलाका प्रहरी कार्यालय बुटवलले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा एकसाथ टोली परिचालन गरेको थियो। प्रहरीका अनुसार केही स्पामा सेवा प्रवाहको आवरणमा मर्यादाविपरीत तथा गैरकानुनी गतिविधि भइरहेको सूचना आएपछि निगरानी बढाइएको थियो। अनुगमनका क्रममा बुटवलस्थित इनटाउनबाट सात महिला र पाँच पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरू अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा परेको प्रहरीले जनाएको छ। नियन्...
देउवा ६ महिनापछि आज स्वदेश फर्किंदै, सांस्कृतिक झाँकीसहित स्वागत गरिने

देउवा ६ महिनापछि आज स्वदेश फर्किंदै, सांस्कृतिक झाँकीसहित स्वागत गरिने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् । कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन् ।कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार मध्याह्न साढे १२ बजे काठमाडौं अवतरण हुने छन् । उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्स...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलट प्रशिक्षण उडान सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलट प्रशिक्षण उडान सुरु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो वायुयानको अपरेटिङ बेस बनाउने तयारी अघि बढाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार निगमले विमानस्थललाई अपरेटिङ बेसका रूपमा विकास गर्ने तयारीस्वरूप मंगलबारदेखि प्रशिक्षण उडान सुरु गरेको हो । निगमका अनुसार आफ्ना फर्स्ट अफिसर (पाइलट)हरूलाई एयरबस ए–३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराइँदैछ । प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले विज्ञप्ति जारी गर्दै विमानस्थलमा भइरहेको प्रशिक्षण उडानबारे सरोकारवाला सबैलाई जानकारी गराएका छन् । नेपाल वायुसेवा निगमले यसअघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्ना अन्तर्राष्ट्रिय उडानका ला...
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलजनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार श्रेष्ठलाई आज ललितपुर कुसुन्तीबाट पक्राउ गरिएको हो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा जनआस्था साप्ताहिकका सम्पादक एवं पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार श्रेष्ठको सञ्चारमाध्यममा प्रकाशित एक तस्बिरलाई लिएर परेको पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। पत्रकार श्रेष्ठको पक्राउलाई स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने र सरकार र सत्तासिन दललाई जवाफदेही बनाउन प्रश्न उठाईरहने पत्रकारमाथी प्रहार गर्ने सत्ताको खतरनाक कदम भएको बताइएकोछ । पत्रकार किशोर श्रेष्ठ पक्राउको विषयलाई लिएर सरकारको चौतर्फी बिरोध भैरहेको छ । पत्रकार श्रेष्ठलाई विनासर्त तुरुन्त रिहा गर्न देशभरका पत्रकारहरुले ...
बजार व्यवस्थित गर्न औषधि थोक व्यवसायी संघले अघि सार्‍यो १३ बुँदे माग

बजार व्यवस्थित गर्न औषधि थोक व्यवसायी संघले अघि सार्‍यो १३ बुँदे माग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालको औषधि आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नेपाल औषधि थोक व्यवसायी संघले औषधि व्यवस्था विभागसमक्ष १३ बुँदे सुझाव तथा मागपत्र पेश गरेको छ। संघका केन्द्रीय अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका निमित्त महानिर्देशक शिवानी खड्गीसँग भेटवार्ता गरी सुझावपत्र बुझाएको हो। सुझावपत्रमा मुख्यतः अस्पताल तथा सरकारी संस्थामा आपूर्ति हुने औषधि जेनेरिक नाममै वितरण गर्ने व्यवस्था गर्न माग गरिएको छ। ब्रान्ड नाममा आपूर्ति गरिएका औषधि पुनः बजारमा प्रवेश गरी अनधिकृत रूपमा बिक्री–वितरण हुन सक्ने जोखिम रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न जेनेरिक नाममा औषधि वितरण प्रभावकारी हुने संघले जनाएको छ। संघले सुझावपत्रमार्फत औषधि बजारमा देखिएका वितरणसम्बन्धी समस्या, व्यवसायीबीचको असमान व्यावसायिक अभ्यास, भुक्तानीमा हुने ढिलाइ, मार्जिन तथा ह्या...
लुम्बिनी प्रदेश सरकार गठनका लागि एमाले-नेकपा र मसालबिच दुई बुँदे सहमति

लुम्बिनी प्रदेश सरकार गठनका लागि एमाले-नेकपा र मसालबिच दुई बुँदे सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौँएमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनी प्रदेशमा सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् । मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने पनि सहमति भएको छ । लुम्बिनी प्रदेशमा नेकपा मसालका एक जना सांसद छन् । ...
लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एमाले)का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको भन्दै सार्वभौम समानता, शान्ति, सहअस्तित्व र बहुपक्षीयताको पक्षमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरू एकजुट हुनुपर्ने बताएका छन्। क्युबाको कम्युनिस्ट पार्टीको आयोजनामा हवानामा भएको २४औँ अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले शक्ति राष्ट्रको हस्तक्षेप, दबाब र सैन्य प्रभुत्वले विश्व शान्ति तथा अन्तर्राष्ट्रिय कानुन कमजोर बनाएको धारणा राखे। बैठकमा ५० देशका कम्युनिस्ट तथा श्रमिक पार्टीका प्रतिनिधि सहभागी थिए। ज्ञवालीले क्युबामाथि लामो समयदेखि जारी नाकाबन्दी र दबाबका बाबजुद क्युबाली जनता, सरकार र कम्युनिस्ट पार्टीले देखाएको दृढताको प्रशंसा गर्दै एमालेको ऐक्यबद्धता व्यक्त गरे। उनले पछिल्ला दशकमा पश्चिमी प्रभुत्व क्रमश...
आज सात संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज सात संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वतयारी अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।बिहान ११ः०० बजे अर्थ समितिको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्न्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।महिला तथा सामा...
सामाजिक न्याय र विभेदरहित सेवाका लागि देशभर मन्त्रालयको अभियान, स्थानीय तहसम्म निर्देशन

सामाजिक न्याय र विभेदरहित सेवाका लागि देशभर मन्त्रालयको अभियान, स्थानीय तहसम्म निर्देशन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसामाजिक न्याय, समान पहुँच र विभेदरहित सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले देशव्यापी अभियान अघि बढाएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा यो अभियान केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गरिने भएको हो। मन्त्रालयले लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछुत तथा सामाजिक बहिष्करणका घटनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न विभिन्न सरकारी निकायबिच समन्वय प्रक्रिया तीव्र बनाएको जनाएको छ। नागरिकले राज्यका सबै निकायबाट समान, सम्मानजनक र विभेदरहित सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले गृह मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरिएको हो। मन्त्रालयको अनुरोधपछि गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा सीमा प्रशासन कार्यालयलगायतका निकायलाई प...
कोलम्बियामा शक्तिशाली भूकम्प- मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो

कोलम्बियामा शक्तिशाली भूकम्प- मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँकोलम्बियामा आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भवनहरू भत्किएर मानिसहरू पुरिएको आशंका रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर १०३ किलोमिटर गहिराइमा भूकम्प गएको हो । यसको कम्पन पश्चिमी कोलम्बियाका साथै भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो । सबैभन्दा बढी क्षति पेरेइरा क्षेत्रमा भएको छ । त्यहाँ कम्तीमा ४० जनाको मृत्यु, ६५ भवन भत्किएको र १५ भवनमा मानिसहरू पुरिएको आशंका गरिएको छ । कालीमा ३२ भवन भत्किएका छन् । मानिजालेस, क्विब्दो, मेडेलिन, चोको र भाये डेल काउका क्षेत्रमा पनि मानवीय क्षति भएको छ । मानिजालेसमा मात्रै कम्तीमा दुई जनाको मृत्यु भएको छ । राजधानी बोगोटामा भवनमा चिरा परेको तथा रूख र सडक बत्ती हल्लिएको भए पनि ...