गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलट प्रशिक्षण उडान सुरु



रुपन्देही
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो वायुयानको अपरेटिङ बेस बनाउने तयारी अघि बढाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार निगमले विमानस्थललाई अपरेटिङ बेसका रूपमा विकास गर्ने तयारीस्वरूप मंगलबारदेखि प्रशिक्षण उडान सुरु गरेको हो ।


निगमका अनुसार आफ्ना फर्स्ट अफिसर (पाइलट)हरूलाई एयरबस ए–३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराइँदैछ । प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले विज्ञप्ति जारी गर्दै विमानस्थलमा भइरहेको प्रशिक्षण उडानबारे सरोकारवाला सबैलाई जानकारी गराएका छन् ।

नेपाल वायुसेवा निगमले यसअघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्ना अन्तर्राष्ट्रिय उडानका लागि वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिसकेको छ । विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार २०८२ मंसिर ३ गतेदेखि लागू हुने गरी निगमका जहाज कुनै कारणले अन्यत्र डाइभर्ट गर्नुपर्ने अवस्था आएमा भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो ।

अब निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने प्रक्रिया अघि बढाएसँगै विमानस्थलको नियमित र व्यावसायिक प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको ...
पूर्वप्रधानन्यायाधीश जबरा र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

पूर्वप्रधानन्यायाधीश जबरा र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमान्डौँ सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ केही व्यक्ति तथा नातेदारको घ...
चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविरमा बुधबार सम्पन्न भएको छ। कालिकागाउॅंमा स...
कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै पार्टीको आगामी नेतृत...